Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

४८ हजार ऋणीले पाए पुनर्कर्जा

२०७८ बैशाख ७ गते


बैंकिङ खबर/  चालु आर्थिक वर्षको फागुन मसान्तसम्म ४८ हजार ऋणीले पुनर्कर्जा सुविधा पाएका छन् ।
नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनर्कर्जा पहिलो र दोस्रो किस्ता गरी चालु आर्थिक वर्षको फागुन मसान्तमा १ खर्ब ४४ अर्ब रुपैयाँ पुनर्कर्जा स्वीकृत भएको छ । जसमध्ये ८३ अर्ब रुपैयाँ पहिलो किस्तामा र ६१ अर्ब रुपैयाँ दोस्रो किस्तामा स्वीकृत भएको हो ।

जसमध्ये पहिलो किस्तामा ३३ अर्ब रुपैयाँ र दोस्रो किस्तामा १९ अर्ब रुपैयाँ ग्राहक ऋणी अनुसारको पुनरकर्जा स्वीकृत भएको छ । एकमुष्ट पहिलो किस्तामा ५० अर्ब रुपैयाँ र दोस्रो किस्तामा ४२ अर्ब रुपैयाँ स्वीकृत भएको राष्ट्र बैंकले जनाएको छ ।
हालसम्म एकमुष्ट पुनर्कर्जा १ खर्ब २ अर्ब रुपैयाँ र ग्राहक ऋणीअनुसार ४२ अर्ब ११ करोड रुपैयाँ स्वीकृत भएको छ । एकमुष्ट पुनर्कर्जा स्वीकृत भएकोमा १० अर्ब रुपैयाँ लघुवित्त कम्पनीहरूको र बाँकी वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीमार्फत माग भएको पुनर्कर्जा राष्ट्र बैंकले स्वीकृत गरेको हो ।

Ad