Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

मौद्रिक नीति २०७७ ठूलो उपलब्धि हो : प्रवक्ता देवकुमार ढकाल, राष्ट्र बैंक

२०७८ बैशाख १ गते

 

नेपाल राष्ट्र बैंकले २०७७ सालको मौद्रिक नीति साउन महिनामा ल्यायो । मौद्रिक नीतिमा भएका व्यवस्थाहरू खास गरी कोभिडबाट अर्थतन्त्रमा परेको प्रभाव, बैंक तथा वित्तीय संस्थाहरू तथा उद्योग व्यवसायमा परेको प्रभावलाई ध्यान दिँदै उद्योगी व्यवसायीहरूको मनोबल बढाउन राष्ट्र बैंकले जे–जस्ता पोलिसीहरू ल्यायो, त्यसैको परिणामस्वरूप अहिले अर्थव्यवस्था कसैले भी–सेपमा त कसैले यू–सेपमा लयमा फर्कियो भनिरहेका छन् ।

उद्योग व्यवसायको कन्फिडेन्स लेबल बढेर रिभाइभ (पुनर्जागृत) हुनु नै मूल राष्ट्र बैंकले लिएको नीतिको पहिलो महत्त्वपूर्ण काम हो । यसबाट धेरै राम्रा परिणाम आए, जसले गर्दा अहिलेको उद्योग व्यवसाय, व्यापार सबै चलायमान भएका छन् । एक किसिमको कन्फिडेन्स लेबल हाई भएको अवस्था छ ।

विदेशी विनिमय व्यवस्थापनको सवालमा पनि राष्ट्र बैंकले २०७७ मा धेरै राम्रा काम गरेको छ । विदेशी विनिमयलाई व्यवस्थित गर्ने सवालमा धेरै कार्यविधिहरू यो आर्थिक वर्षमा जारी भएका छन् । ५ सय डलरको कार्डको कुरा गर्नुस्, विदेशमा रेमिट्यान्स वालरबाट भित्र्याउने कुरा गर्नुस्, या त एलसी ग्यारेन्टी र अरु ट्रान्जेक्सनहरू लिमिटी म्याद गर्ने कुराहरूको सवाल होस्, विदेशी विनिमय व्यवस्थापनको क्षेत्रमा र उद्योग व्यापार व्यवसायलाई सहजीकरण गर्ने र हाम्रा पेमेन्टहरूलाई सहज बनाउने सवालमा पनि धेरै नै राम्रा काम भएका छन् ।

राष्ट्र बैंकका विभिन्न नीतिहरूका कारण नै बैंक तथा वित्तीय संस्थाहरू अहिलेको यत्रो ठूलो असर गरेको अवस्थामा पनि आफ्ना व्यापार व्यवसायहरू कर्जाप्रवाहलगायतका काम सहज रूपमा गर्न सफल हुनुभएको छ । कोभिडको प्रभाव कर्मचारी तथा सर्वसाधारणलाई नपरोस् भन्नका लागि राष्ट्र बैंकले समय–समयमा विविध सूचना जारी गरेको छ । यसका कारण मान्छेको स्वास्थ्य सुरक्षा प्रवर्धनमा पनि सघाउ पुर्‍याएको छ ।

राष्ट्र बैंकले अघिल्लो वर्ष विविध कामहरू गरेको छ । डिजिटल पेमेन्टको साइडबाट हेर्दा यसले आरडिजिएस बढेको छ । यो वर्ष कोभिडका कारण फिजिकल क्यासमा कारोबार गर्दा रोग सर्न सक्ने सम्भावनालाई दृष्टिगत गरी पैसाको लागत काम गर्ने उद्देश्यले हामीले क्युआर कोडलाई प्रवर्धन गराउनेलगायत विविध डिजिटल ट्रान्जेक्सनको क्षेत्रमा पनि महत्त्वपूर्ण कामहरू गरेका छौँ ।

यो वर्ष ऐतिहासिक वर्षका रूपमा राष्ट्र बैंकले काम गरेको छ । कोभिड १९ को कारणले गर्दा अर्थव्यवस्थामा परेको प्रभावलाई न्यूनीकरण गर्न, उद्योग व्यवसायको मनोबल उच्च राख्न महत्त्वपूर्ण व्यवस्था गर्‍यौँ ।

कोभिडको दोस्रो लहर विश्वका अनेकन देशहरूमा सुरु भइसकेको र नेपालमा पनि कोभिड संक्रमितको संख्या दिनानुदिन बढ्न थालेको अवस्थामा अब फेरि कोभिडले नेपाली अर्थतन्त्रमा, नेपाली उद्योग व्यवसाय तथा पेसामा पर्न सक्ने असरलाई न्यूनीकरण गर्न के–कस्ता पोलिसी आवश्यक पर्छन्, त्यसका लागि वर्कआउट गर्दै छौँ । अबको हाम्रो उद्देश्य भनेको कोभिडले अर्थतन्त्रमा परेको असर न्यूनीकरण गर्न अहिले लिएका पोलिसीहरूलाई कुन हदसम्म जाने भन्ने छ । उद्योग व्यवसाय, अर्थव्यवस्था मेन्टेन गर्न आगामी वर्षका पोलिसीहरू त्यसतर्फ लक्षित हुन्छन् ।

Ad