Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

वैशाखदेखि यी बैंकले घटाए कर्जाको ब्याजदर

२०७८ बैशाख १ गते

बैंकिङ खबर/ यहि वैशाखदेखि लागू हुने गरी अधिकांश बैंक तथा वित्त कम्पनीले कर्जाको ब्याजदर घटाएका छन् । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्त कम्पनीलाई कर्जा तथा निक्षेपको ब्याजदर परिवर्तन गर्दा दर लागू हुने महिनाको अघिल्लो महिना मसान्तमै सार्वजनिक गर्न निर्देशन दिएको थियो । अधिकांश बैंक तथा वित्त कम्पनीले २०७८ बैशाखदेखि लागू ब्याजदर चैत मसान्तमै सार्वजनिक गरेका छन् ।
वाणिज्य बैंकहरुतर्फ पुस मसान्तमा सार्वजनिक बेसरेटभन्दा नबिल बैंकले ०.२७ प्रतिशतले घटाएर ५.४९ प्रतिशत, नेपाल एसबीआए बैंकले ०.१७ प्रतिशतले घटाएर ७.३२ प्रतिशत, एभरेष्ट बैंकले ०.१३ प्रतिशतले घटाएर ७.२१ प्रतिशत र बैंक अफ काठमाण्डूले ०.०७ प्रतिशतले घटाएर ६.६० प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

सिद्धार्थ बैंकले ०.४५ प्रतिशतले घटाएर ६.९३ प्रतिशत, कृषि विकास बैंकले ०.१८ प्रतिशतले घटाएर ७.४९ प्रतिशत, सनराइज बैंकले ०.१७ प्रतिशतले घटाएर ७.१७ प्रतिशत, मेगा बैंकले ०.९१ प्रतिशतले घटाएर ६.६७ प्रतिशत र सेञ्चुरी बैंकले ०.२३ प्रतिशतले घटएर ७.६८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

विकास बैंकहरुतर्फ सांग्रिला डेभलपमेन्ट बैंकले ०.४३ प्रतिशतले घटाएर ८.४० प्रतिशत, महालक्ष्मी विकास बैंकले ०.४४ प्रतिशतले घटाएर ७.९८ प्रतिशत र मुक्तिनाथ विकास बैंकले ०.५३ प्रतिशतले घटाएर ७.८५ प्रतिशत बैशाखदेखि लागु हुने गरी कायम गरेको छ । सो अवधिमा कर्णली डेभलपमेन्ट बैंकले ०.०७ प्रतिशतले बढाएर ७.१० प्रतिशत  कायम गरेको छ ।

यस्तै, वित्त कम्पनीतर्फ भने पोखरा फाइनान्सले पुस मसान्तमा कायम गरेको बेसरेटमा ०.३ प्रतिशतले घटाएर ८.९९ प्रतिशत बैसाख महिनादेखि लागु हुने गरी कायम गरेको छ भने सिटी एक्प्रेस फाइनान्सले ०.०१ प्रतिशतले बढाएर ८.४८ प्रतिशत बैशाख महिनादेखि लागु हुने गरी कायम गरेको छ ।

गत पुस मसान्तमा कायम बेसरेटलाइ नै बैशाख महिनामा पनि कायम गर्नेमा ६ वटा वाणिज्य बैंकमा नेपाल बैंक ६.१९ प्रतिशत, राष्ट्रिय वाणिज्य बैंक ५.६१ प्रतिशत, स्ट्यान्डर्ड चार्टर्ड बैंक ६.०७ प्रतिशत, हिमालयन बैंक ६.८३ प्रतिशत, प्राइम बैंक ७.८५ प्रतिशत र प्रभु बैंक ७.२४ प्रतिशत रहेका छ ।

 

Ad