April 13th, 2021

चार स्थानीय तहमा अझै पुगेन बैंक


बै‌किङ खबर/नेपाल राष्ट्र बैंकका अनुसार अझै चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्‍न सकेको छैन् ।
नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको आठ महिनाको रिपोर्ट अनुसार ताप्लेजुङको मिक्‍वाखोला गाउँपालिका, धादिङको रुवीभ्याली गाउँपालिका, जाजरकोटको जुनीचाँदे गाउँपालिका र बझाङको साइपाल गाउँपालिकामा वाणिज्य बैंकको शाखा पुग्‍न नसकेको देखिएको हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार कूल ७५३ स्थानीय तहमध्ये गत फागुनसम्म ७४९ तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका छन्। २०७६ फागुनसम्म ७४६ स्थानीय तहमा वाणिज्य बैंकहरुका शाखा विस्तार भएका थिए।

नेपाल राष्ट्र बैंकबाट गत फागुन मसान्तसम्ममा १४३ वटा संस्थाले बैंक तथा वित्तीय संस्थाको रुपमा इजाजत पाएका छन्। यसमध्ये २७ वाणिज्य बैंक, १९ विकास बैंक, २० वित्त कम्पनी, ७६ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक सञ्‍चालनमा रहेका छन्। बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा नौ हजार ७६५ रहेकोमा फागुन मसान्तसम्ममा १० हजार ४३० पुगेको छ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]