April 12th, 2021

एक महिनामा बैंकिङ कर्जा : कति कर्जा प्रवाह भयो ? कुन कुन क्षेत्रमा कति गयो ?

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले गत फागुन महिनाको कर्जा विवरण सार्बजनिक गरेको छ । समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रमा प्रवाहित कर्जा १७.४ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १०.१ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुबाट निजी क्षेत्रतर्पm प्रवाहित कर्जा १९.४ प्रतिशतले बढेको छ ।
समीक्षा अवधिमा निजी क्षेत्रतर्पm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह १७.३ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह २१.८ प्रतिशतले र वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.१ प्रतिशतले बढेको छ ।

  • २०७७ फागुन मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहिरहेको कर्जामध्ये ६६.२ प्रतिशत कर्जा घर जग्गाको धितोमा र १२.३ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७६ फागुन मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६५.३ प्रतिशत र १३.३ प्रतिशत रहेको थियो ।
  • आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा बैंक तथा वित्तीय संस्थाहरुको लगानीमा रहेको कर्जामध्ये कृषि क्षेत्रतर्फको कर्जा २८.८ प्रतिशतले, औद्योगिक उत्पादन क्षेत्रतर्फको कर्जा १३.२ प्रतिशतले, निर्माण क्षेत्रतर्फको कर्जा १०.८ प्रतिशतले, यातायात, संचार तथा सार्वजनिक सेवा क्षेत्रतर्फको कर्जा १०.० प्रतिशतले, थोक तथा खुद्रा व्यापार क्षेत्रतर्फको कर्जा १४.९ प्रतिशतले र सेवा उद्योग क्षेत्रतर्फको कर्जा १५.२ प्रतिशतले बढेको छ ।
  • समीक्षा अवधिमा बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित कर्जामध्ये आवधिक कर्जा १७.४ प्रतिशतले, ओभरड्राफ्ट कर्जा १९.१ प्रतिशतले, डिमान्ड तथा चालु पुँजी कर्जा १७.३ प्रतिशतले, रियल स्टेट कर्जा (व्यक्तिगत आवासीय घर कर्जा समेत) ७.३ प्रतिशतले, मार्जिन प्रकृति कर्जा ६१.५ प्रतिशतले र ट्रष्ट रिसिट (आयात) कर्जा ३०.३ प्रतिशतले बढेको छ भनेहायर पर्चेज कर्जा ४.६ प्रतिशतले घटेको छ ।
  • तरलता व्यवस्थापन
    आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा रिभर्स रिपोमार्फत् रु.१०९ अर्ब ५४ करोड र निक्षेप संकलन उपकरणमार्फत् रु.१९३ अर्ब ७५ करोड गरी कुल रु.३०३ अर्ब २९ करोड तरलता प्रशोचन गरिएको छ भने स्थायी तरलता सुविधामार्फत रु.२ अर्ब तरलता प्रवाह गरिएको छ । अघिल्लो वर्षको सोही अवधिमा रिभर्स रिपोमार्फत् रु.२८ अर्ब र निक्षेप संकलन उपकरणमार्फत रु.३० अर्ब गरी कुल रु.५८ अर्ब तरलता प्रशोचन भएको थियो भने रिपोमार्फत्रु.११३ अर्ब ९९ करोड र स्थायी तरलता सुविधामार्फत रु.६९ अर्ब ५५ करोड गरी कुल रु.१८३ अर्ब ५४ करोड तरलता प्रवाह गरिएको थियो ।
  • समीक्षा अवधिमा यस बैंकले विदेशी विनिमय बजार (वाणिज्य बैंकहरु) बाट अमेरिकी डलर २ अर्ब ४३ करोड खुद खरिद गरी रु.२८६ अर्ब ६८ करोड तरलता प्रवाह गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा विदेशी विनिमय बजारबाट अमेरिकी डलर २ अर्ब ४९ करोड खुद खरिद गरी रु.२८५ अर्ब १८ करोड तरलता प्रवाह गरिएको थियो ।
  • समीक्षा अवधिमा अमेरिकी डलर २ अर्ब ८४ करोड बिक्री गरी रु.३३४ अर्ब ६५ करोड बराबरको भारतीय रुपैयाँ खरिद भएको छ । अघिल्लो वर्षको सोही अवधिमा अमेरिकी डलर २ अर्ब ७८ करोड बिक्री गरी रु.३१६ अर्ब ६३ करोड बराबरको भारतीय रुपैयाँखरिद भएको थियो ।
  • पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जा : 
    नेपाल राष्ट्र बैंकले सहुलियत दरमा प्रदान गर्दै आएको पुनरकर्जा २०७७ फागुन मसान्तमा रु.८८ अर्ब ८६ करोड लगानीमा रहेको छ ।
    २०७७ फागुन मसान्तसम्ममा ७७ हजार १ सय ९६ ऋणीलाई सहुलियतपूर्ण कर्जा प्रवाह भई रु.१२४ अर्ब २८ करोड कर्जा बक्यौता रहेको छ । यसमध्ये कृषि तथा पशुपंक्षी व्यवसाय कर्जा अन्तर्गत ३८ हजार ३ सय ५५ ऋणीलाई प्रवाह पुनरकर्जा कार्यविधि, २०७७ बमोजिम स्वीकृत पुनरकर्जाको विवरण (२०७७ फागुन मसान्त) पुनरकर्जा स्वीकृतिको माध्यम स्वीकृत रकम (अर्बमा) ऋणी संख्या बैंक तथा वित्तीय संस्थाको संख्या ग्राहक मूल्यांकनमा आधारित प्रदान गरिने कर्जा रु.८८ अर्ब २९ करोड कर्जा रहेको छ भने महिला उद्यमशील कर्जा अन्तर्गत ३६ हजार ७ सय ६३ महिला उद्यमीलाई प्रवाह भएको रु. ३२ अर्ब ९५ करोड कर्जा रहेको छ । सहुलियतपूर्ण कर्जाका अन्य शीर्षक अन्तर्गत २ हजार ७८ ऋणीको रु.३ अर्ब ५ करोड कर्जा बक्यौता रहेको छ । अन्तर–बैंक कारोबार द्धड।आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा वाणिज्य बैंकहरुको रु.५९८ अर्ब ६१ करोड र अन्य वित्तीय संस्थाहरु (वाणिज्य बैंकहरुबीचबाहेक) को रु.१४६ अर्ब ७० करोड गरी कुल रु.७४५ अर्ब ३१ करोडको अन्तर–बैंक कारोबार भएको छ । अघिल्लो वर्षको सोही अवधिमा वाणिज्य बैंकहरुको रु.१२२७ अर्ब ६३ करोड र अन्य वित्तीय संस्थाहरुको रु.११० अर्ब ५ करोड गरी कुल रु.१३३७ अर्ब ६८ करोड अन्तर बैंक कारोबार भएको थियो।

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]