April 12th, 2021

राष्ट्र बैंकले सार्वजनिक गर्‍यो ८ महिनाको देशको आर्थिक विवरण (पूर्णपाठ)

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले देशको पछिल्लो आर्थिक अवस्थाबारे रिपोर्ट सार्वजनिक गरेको छ । राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको  रिपोर्टमा वार्षिक बिन्दुगत आधारमा उपभोक्ता मूल्य सूचकाङ्कमा आधारित मुद्रास्फीति ३.०२ प्रतिशत छ । आयात २.१ प्रतिशत र निर्यात ७.८ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह नेपाली रुपैयाँमा ८.६ प्रतिशतले र अमेरिकी डलरमा ५.० प्रतिशतले बढेको छ । शोधनान्तर स्थिति रु.६८ अर्बले बचतमा छ ।

कुल विदेशी विनिमय सञ्चिति १२ अर्ब ३७ करोड अमेरिकी डलर रहेको छ । संघीय सरकारको खर्च रु.५७१ अर्ब २ करोड र राजस्व परिचालन रु.५७१ अर्ब २० करोड रहेको रिपोर्टमा उल्लेख छ । विस्तृत मुद्राप्रदाय ११.४ प्रतिशतले बढेको छ । वार्षिक बिन्दुगत आधारमा  मुद्राप्रदाय २२.६ प्रतिशतले बढेको छ । बैंक तथा वित्तीय संस्थाको निक्षेप संकलन ११.० प्रतिशत र निजी क्षेत्रमाथिको दावी १७.५ प्रतिशतले बढेको छ ।

हेर्नुहोस् विस्तृतमा

Current-Macroeconomic-and-Financial-Situation-Nepali-Based-on-Eight-Months-data-2020.21 (1)

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]