नेपाल राष्ट्र बैंकले पुनः प्रयोगमा ल्याउन नमिल्ने नोटबाट ब्रिकेट बनाउँदै

बैंकिङ खबर/नेपाल राष्ट्र बैंकले च्यातिएका, झुत्रिएका फोहोर भएर चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई पुनः प्रयोगमा ल्याउने भएको छ ।
बैंकले पुनः प्रयोगमा ल्याउनका लागि नोट सेडिङ मेसिन भित्र्याउन लागेको हाे । बैंकले यसअघि बजारमा चलनचल्तीमा पठाउन नमिल्ने नोटलाई जलाएर नष्ट गरिरहेको छ । अब जलाएर खरानी बनाइने नोटलाई मेसिनले टुक्र्याएर ब्रिकेट बनाइ इन्धनको रुपमा पुनः प्रयोगमा ल्याइने राष्ट्र बैंकले जनाएको छ ।
यसरी ब्रिकेट बनाइसकेपछि आम सर्वसाारणले नोटबाट बनेको ब्रिकेटको आगो ताप्न पाउने छन् । राष्ट्र बैंकले गत वर्ष माघमै नेदरल्याण्डको कस्पर इनजियरिङ कम्पनीसँग ३० लाख ५२ हजार ८६९ युरोमा ८ वटा मेसिन खरिदको सम्झौता गरिसकेको छ ।


सोसिअल मेडिया