Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

प्रिमियर इन्स्योरेन्सको नाफा साढे १८ करोडभन्दा बढी

admin २०७३ श्रावण ३२ गते
सेयर:

primierप्रिमियर इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेडले गत आर्थिक वर्षमा १८ करोड ५७ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा २९ दशमलव ३७ प्रतिशतले बढेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले १४ करोड ३१ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

३७ करोड ३७ लाख रुपैयाँ चुक्ता पुजी भएको कम्पनीले जगेडा कोषमा ११ करोड ४६ लाख र बीमा कोषमा २६ करोड ३ लाख रुपैयाँ राखेको छ । कम्पनीको आम्दानी ५४ दशमलव ३१ प्रतिशतले बढेर ३० करोड ४२ लाख रुपैयाँ पुगेको छ भने खर्च १ सय १८ दशमलव ५१ प्रतिशतले बढेर ११ करोड ८४ लाख रुपैयाँ पुगेको छ ।

प्रिमियर इन्स्योरेन्सले १ अर्ब ८३ लाख रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेको छ । त्यस्तै कुल १ अर्ब ३२ करोड ८९ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको छ । यस इन्स्योरेन्सको प्रति शेयर आम्दानी ४९ दशमलव ६९ रुपैयाँ, मुल्य आम्दानी अनुपात ४४ दशमलव ३७ गुणा, प्रति शेयर नेटवोर्थ २ सय दशमलव ३४ रुपैयाँ रहेको छ ।
 

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।