
बैंकिङ खबर/नेपाल राष्ट्र बैंकका एक कर्मचारीलाई प्रहरीले पक्राउ गरेको छ । निर्देशक तहमा कार्यरत शुष्मा रेग्मीलाई प्रहरीले पक्राउ गरेको हो । उनीविरुद्ध आमाले उजुरी दिएकी थिइन् । रेग्मीले आमा र उनको अपांग भएकी दिदीको पैसा लिएर हेरचाह नगरेको आरोप छ ।
रेग्मीलाई प्रहरीले जेष्ठ नागरिक ऐन अनुसार कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । रेग्मी नेपाल राष्ट्र बैंकमा निर्देशक तहकी कर्मचारी हुन् ।