April 1st, 2021

सुन आयात सीमा शतप्रतिशत बढ्यो, दैनिक २० केजी आयात गर्न सकिने

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले सुन आयातको सीमा बढाएको छ । बिहीबार सुन आयात तथा बिक्री–वितरणसम्बन्धी कार्यविधि– २०६८ को बुँदा नम्बर ४ लाई संशोधन गर्दै राष्ट्र बैंकले दैनिक सुन आयातको विद्यमान सीमालाई दोब्बर बनाएको हो ।

कार्यविधिमा संशोधनसँगै अब दैनिक अधिकतम २० किलोग्राम सुन आयात गर्न सकिने भएको छ । यसअघि दैनिक १० किलोग्राम मात्र सुन आयात गर्न पाइने व्यवस्था थियो ।
राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभागले २०७६ मा गरिएको एकीकृत परिपत्रमा संशोधन गरेको हो । विभागले राष्ट्र बैंकको बैंकिङ विभाग, सबै प्रादेशिक कार्यालयहरु तथा इजाजतप्राप्त सबै क वर्गका वाणिज्य बैंकहरुलाई संशोधनको एकीकृत परिपत्र गरेको छ ।

विगतमा अनुत्पादक क्षेत्रमा आयातको भार न्यूनीकरण गर्ने नीतिअनुरुप सुनको आयात सीमा घटाइएको थियो । तर, बजारमा सुनको माग उच्च भएपछि राष्ट्र बैंकले आयात सीमा बढाएको हो । माग धान्न नसकेको भन्दै सुन व्यवसायीले आयात सीमा बढाउनुपर्ने माग राख्दै आएका थिए ।

यस्तो छ संशोधित परिपत्र :

Gold-Import-Circular

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]