बैंक तथा वित्तीय संस्थामा मुद्दती लगानीका लागि राष्ट्र बैंकद्वारा बोलपत्र आह्वान

बैंकिङ खबर/  नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा लगानीका लागि बोलपत्र आह्वान गरेको छ । राष्ट्र बैंकले आफ्ना विभिन्न कोषमा रहेको रकमलाई बैंक तथा वित्तीय संस्थामा एक वर्षका लागि लगानी गर्न लागेको हो ।

राष्ट्र बैंकले २ वैशाख २०७८ देखि १ वैशाख २०७९ सम्मका लागि करिब २ अर्ब रुपैयाँ लगानी गर्न लागेको हो । त्यसमध्ये करिब १ अर्ब ५४ करोड वाणिज्य बैंकहरुमा लगानी गर्नेछ । लगानीका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । शिलबन्दी दरभाउपत्र फारम भर्नका लागि बैंकले बैंक तथा वित्तीय संस्थाहरुको मापदण्डसमेत तोकेको छ ।

हेर्नुहोस् सूचना

Lagani-Notice-2077.12.16


सोसिअल मेडिया