March 23rd, 2021

आरम्भ चौतारी लघुवित्तको केन्द्र तथा फिल्ड व्यवस्थापन तालिम


बैंकिङ खबर/आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लि. द्धारा फिल्डमा कार्यारत कर्मचारीहरुको क्षमता अभिबृद्धि गर्ने उदेश्यका साथ केन्द्र तथा फिल्ड व्यबस्थापन तालिम पाल्पातान सेनमा सम्पन्न गरेको छ । उक्त तालिममा लुम्बिनी प्रदेश,गण्डकी प्रदेश, अन्तर्गतका जिल्लाहरु तनहुँ, स्याङजा, पाल्पा, गुल्मी, कास्की, पर्वत र बाग्लुङमा अवस्थित शाखा कार्यालयबाट ४० जना कर्मचारीहरुको सहभागीता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि, संस्थाका अध्यक्ष तथा माईक्रोफाइनान्स् एसोसीयसन अफ नेपालका अध्यक्ष जगत बहादुर पोखरेलले कार्यक्रमको उद्घाटन गर्दै यस लघुवित्तलाई आगामी ३ वर्ष भित्र देशको ठुलो र नमुना लघुवित्तको रुपमा विकास गर्न कर्मचारीहरुको ठुलो भुमिका हुने हुनाले दक्ष कर्मचारी हुनुपर्ने बताउनुभयो ।

कार्यक्रममा बोल्दै समाजसेवी अजयमान कर्माचार्यले लक्षित समुदायमा छरिएर रहेको साना साना पुँजीलाई एकीकृत गरी आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाले गरिवी न्यूनिकरण अभियानमा महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।

कार्यक्रमका सहभागीहरुलाई संस्थाका अध्यक्ष जगतबहादुर पोखरेलले अतरक्रिया गर्दै कर्मचारीहरुले कर्जा अनुशासनमा सजग रहन र आर्थिक अनुशासन कायमगर्न निर्देशन दिनुभएको थियो ।

त्यसैगरी कार्यक्रममा बुद्धीजिवि टंक भट्टराई, इन्जिनियर लेखनाथ पाण्डे, समाजसेवी खिमनाथ शर्मा लगायतका बक्ताबाट सो कार्यक्रममा शुभकामना मन्तब्य राख्नुभएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]