Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

विलासी गाडी आयातमा हट्यो प्रतिबन्ध

२०७७ चैत्र ९ गते

बैंकिङ खबर/  सरकारले विलासी गाडीको आयातमा लगाएको प्रतिबन्ध हटाएको छ । एक वर्षअघि ५० हजार अमेरिकी डलरभन्दा महँगा गाडीको आयातमा लगाइएको प्रतिबन्ध हटाइएको हो ।

विदेशी मुद्राको खर्च रोक्ने उद्देश्यले १६ चैत ०७६ मा सरकारले मूल्यसीमा तोकेर विलासी गाडीको आयातमा प्रतिबन्ध लगाएको थियो । तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले यस्तो निर्णय लिएका थिए । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले सोमबार (९ चैत) राजपत्रमा सूचना प्रकाशित गरेर आयात प्रतिबन्ध हटाएको हो ।

सरकारले मरिच, केराउ, छोकडा र सुपारीको आयातमा समेत प्रतिबन्ध हटाएको छ । उल्लेखित वस्तुको आयात गर्ने वार्षिक कोटा निर्धारण गर्दै गत वर्ष नै लगाइएको आयात प्रतिबन्ध फुकुवा गरिएको हो । निर्धारित आयात सीमाअनुसार एक वर्षमा केराउ ८० हजार, सुपारी २५ हजार, छोकडा ५ हजार र नधुल्याएको मरिच मरिच १५ हजार मेट्रिकटन मात्र आयात गर्न पाइने भएको छ ।

Ad