
बैंकिङ खबर/ नेपाल राष्ट्र बैंकले विदेशी डलर भुक्तानी गर्न सकिने गरी बैंकहरूलाई अनुमति दिएको छ । यस अघिसम्म कुनै पनि विदेशी सामान खरिद गर्दा नेपाली बैंकबाट डलरमा भुक्तानी गर्न नसकिने अवस्था रहिआएको थियो ।
अब अमेजन र नेटफ्लिक्सजस्ता प्लेटफर्मका लागि नेपालबाटै डलर भुक्तानी गर्न सकिने छ । नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै डलर खाता नभएपनि ‘क’ र ‘ख’ वर्गका बैंकबाट प्रिपेड कार्ड लिएर वार्षिक ५ सय डलरसम्म भुक्तानी गर्न सकिने व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
राष्ट्र बैंकका अनुसार विदेशी सेवा तथा वस्तु आयात गरेबापत रकम भुक्तानीमा कठिनाई भएपछि नयाँ व्यवस्था कार्यान्वयनमा ल्याइएको हो ।
