बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले देवकुमार ढकाललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । उनी राष्ट्र बैंक नियमन विभागका प्रमुख हुन् । ढकाललाई चैत १० गतेदेखि लागू हुने गरी प्रवक्ता तोकिएको हो । यसअघि प्रवक्ता रहेका डा. गुणाकर भट्टलाई बैंक सुपरिवेक्षणमा लगिएको छ ।