Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

बैंकिङ खबरको समाचार संयोजकमा निश्चल अधिकारी

२०७७ चैत्र १२ गते

बैंकिङ खबर / बैंकिङ खबरको समाचार संयोजकमा निश्चल अधिकारी नियुक्त भएका छन् । विगत पाँच वर्षदेखि सञ्चालन हुँदै आएको वित्तीय साक्षरता अभिवृद्धि एवं बैंकिङ सूचना, ज्ञानवर्धक बैंक तथा वित्तीय क्षेत्रको न्युज पोर्टल बैंकिङ खबरले अधिकारीलाई समाचार संयोजकका रूपमा नियुक्त गरेको हो । अधिकारीसँग भाषासम्पादनको लामो अनुभव छ । यसअघि नयाँ पत्रिका दैनिकमा कार्यरत अधिकारीको अन्य सञ्चार माध्यममा रहेर समेत लामो समय काम गरेको अनुभव छ ।

अधिकारीलाई बैंकिङ खबरका फाउन्डर तथा प्रधान सम्पादक माधव निर्दोषले एक कार्यक्रमका बीच स्वागत गरे । कार्यक्रममा बैंकिङ खबरका फाउन्डर तथा प्रधान सम्पादक माधव निर्दोषले अधिकारीको नियुक्तिले बैंकिङ खबरको उचाइ थप मजबुत हुने अपेक्षा गरिएको बताए । त्यसैगरी, नवनियुक्त समाचार संयोजक अधिकारीले बैंकिङ खबरको कार्यभार सम्हाल्दै बैंकवित्तको सूचना सम्प्रेषणमा बैंकिङ खबरलाई अझ जिम्मेवार र प्रभावकारी बनाउने एवं यथेष्ट सूचना सम्प्रेषण गर्ने प्रण गरे ।

Ad