Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कृषि वित्त सेवा सहजीकरणका लागि आर एन्ड डी र डेभलपमेन्ट एलाइन्सबीच सम्झौता

२०७७ चैत्र २ गते

बैंकिङ खबर/  आर एन्ड डी इनोभेटिभ सोलुसन प्रालि र डेभलपमेन्ट एलायन्स नेपाल प्रालिले एकआपसमा सहकार्य गर्दै अगाडि बढ्ने भएका छन् । समान उद्देश्यका साथ कृषि र कृषि वित्त क्षेत्रमा कार्यरत रहेका यी दुई संस्थाले सहकार्य गर्दै अगाडि बढ्न हालै एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । आफू कार्यरत क्षेत्रको सेवाप्रवाहलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यकता महसुस गरी सहकार्य गरिएको दुवै संस्थाले बताएका छन् ।

आर एन्ड डीका अध्यक्ष सुनिता नेम्हाफुकी र एलायन्सका प्रबन्धनिर्देशक रुद्रप्रसाद उपाध्यायले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरे । सम्झौतामा कृषि वित्तका साथै कृषि बिमा सेवाप्रवाह एवं विस्तारका क्रममा देखिएका समस्याको पहिचान तथा सामाधानका लागि केन्द्रीय, प्रदेश र स्थानीय निकायका साथै नेपाल राष्ट्र बैंक एवं बैंक तथा वित्तीय संस्था र सबै सरोकारवाला निकायसँग समन्वय गरी अगाडि बढ्ने जनाइएको छ ।

हस्ताक्षर कार्यक्रममा आर एन्ड डीका अध्यक्ष नेम्हाफुकीले डेभलपमेन्ट एलायन्समा कृषि विकास बैंकबाट अवकासप्राप्त कृषि कर्जाको क्षेत्रमा लामो अनुभव प्राप्त विज्ञहरुको संलग्नता रहेकाले उनीहरुको अनुभवबाट कृषि वित्त क्षेत्रलाई प्रभावकारी रुपले अगाडि बढाउन सघाउ पुग्ने बताइन् । यसैगरी, एलायन्सका अध्यक्ष तोयानाथ पाण्डेयले कृषि वित्त क्षेत्रमा साना किसानसमेतको पहुँच बढाउनु आवश्यक रहेकाले यस प्रकारको सहकार्यले कृषि वित्तीय साक्षरता अभिवृद्धि गर्दै कृषि क्षेत्रको विकासमा थप सघाउ पुग्ने विचार राखे ।

Ad