March 23rd, 2021

प्रतीतपत्र अर्थात् एलसी भनेको के हो ? बैंकिङ प्रक्रियामा के छ यसको महत्व ?

लेखनाथ पोखरेल-

के कामका लागि एलसीको कारोबार गर्नुपर्छ । कसरी गरिन्छ र त्यसका लागि के–के कागजात चाहिन्छन् ?
प्रतीतपत्र भन्नाले ग्राहकको (आयातकर्ता र निर्यातकर्ता) अनुरोधमामा बैंकले ग्यारेन्टी बसिदिने एक बैंकिङ प्रक्रिया हो । यस्तो कारोबार सामान्यतया अन्तर्राष्ट्रिय कारोबारमा प्रयोग गरिन्छ । जसबाट, आयातकर्तामाथि निर्यातकर्ताले कारोबारको भुक्तानी पाउने विश्वसनीयता प्रत्याभूत गरेको हुन्छ । यसमा आयातकर्ता ग्राहकले विदेशबाट सामान खरिद गर्न विदेशी निर्यातकर्तालाई अनुरोध गर्छ ।
यसका लागि ग्राहकले मात्र सक्दैन । आयातकर्ता देशको बैंक जमानत चाहिन्छ । आयातकर्ता देशको बैंकले निर्यातकर्ता देशको बैंकलाई रकम भुक्तानी हुने ग्यारेन्टी गर्ने प्रक्रियालाई नै लेटर अफ केडिट (एलसी) भनिन्छ । यता, सामान आइसकेपछि पैसा भुक्तानी गर्न आयातकर्ताको बैंक बाध्य हुन्छ भने नमुनामा देखाइएको गुणस्तरअनुसार सामान पाउने ग्यारेन्टी निर्यातकर्ताको बैंकले प्रत्याभूत गरेको हुन्छ ।

सामान्यतया प्रतीतपत्र निम्न प्रकारका हुन्छन् :
१) रिभोकेबल (परिवर्तनीय) एन्ड इभोकेबल एलसी
२) स्ट्यान्ड बाई एलसी 
३) कन्फर्मड (निश्चित) एलसी 
४) ट्रान्सफरेबल (हस्तान्तरणीय) एलसी 
५) ब्याक टु ब्याक (एकपछि अर्को निरन्तर) एलसी 
६) पेमेन्ट एट साइट (पाउनेबित्तिकै भुक्तानी गर्नुपर्ने) एलसी 
७) डिफर्ड पेमेन्ट (भुक्तानी सार्न मिल्ने) एलसी 
८) रेड क्लाउज एलसी 

प्रतीतपत्र खोल्ने प्रयोजनका लागि निवेदनसहित निम्न कागजात बैंकसमक्ष पेस गर्नुपर्ने हुन्छ :
(क) आयातकर्ता फर्मको अद्यावधिक दर्ता प्रमाणपत्र
(ख) अध्यावधिक आयकर दर्ता प्रमाणपत्र
(ग) नेपाल राष्ट्र बैंकले प्रदान गरेको विविनि फारम
(घ) प्रोफर्मा इन्भ्वाइस, वा करारपत्र

यस्तो कागजातमा निम्न व्यहोरा खुलेको हुनुपर्नेछ :
सामानको नाम, ब्रान्ड र मोडेल नम्बर भए सोसमेत
सामान उत्पादन गर्ने मुलुकको नाम
एकाइ मूल्य, परिमाण र जम्मा मूल्य
सिआइएफ, एफओबी, सिएफआर कागजात
भुक्तानीको किसिम  
कम्तीमा आठ अंकको हार्मोनिक कोड
आयातकर्ता तथा निर्यातकर्ताको नाम, ठेगाना र टेलिफोन

बैंकिङ परिषाअनुसार सिआरआर भनेको के हो ? यो कसरी कति राख्नुपर्छ ?
सिआरआरको अर्थ
सिआरआर (क्यास रिभर्स रेसियो) वा अनिवार्य नगद अनुपात भन्नाले बैंक तथा वित्तीय संस्थालाई केन्द्रीय बैंकले आफ्नो कुल निक्षेपको निश्चित प्रतिशत रकम केन्द्रीय बैंक स्थित खातामा राख्ने व्यवस्थालाई बुझाउछ । हाल नेपाल राष्ट्र बैंकले सो व्यवस्था ४ प्रतिशत कायम गरेको ५ र यस्तो रकममा कुनै ब्याज प्रदान गरिँदैन ।
यो सिआरआरसम्बन्धी व्यवस्था संसारका धेरैजसो केन्द्रीय बैंकले गरेका छन् र यसमार्फत बैंकिङ क्षेत्रमा तरलता तथा ब्याजदर नियन्त्रणको प्रयास केन्द्रीय बैंकले गर्छ ।
अनिवार्य नगदअनुपात बैंक तथावित्तीय संस्थाले साप्ताहिक औसत निक्षेपका आधारमा तत्पश्चात्को हप्ताको अन्तरालमा आउने दिनदेखि १४औं दिनमा कायम गर्नुपर्छ ।
यसरी कायम भएको अनिवार्य नगद मौज्दात औसत रूपमा गरिन्छ तथापि यस्तो रकमा दैनिक रूपमा ८० प्रतिशत भने नघट्ने गरी कायम गर्नुपर्छ ।

पोखरेल बैंकर हुन् ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]