Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

राष्ट्रबैंकले पहिलोपटक पायो महिला डेपुटी गभर्नर, ढुंगाना र मिश्रको नियुक्ति

२०७७ फाल्गुन २५ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ६५ वर्षको इतिहासमा पहिलोपटक महिला डेपुटी गभर्नर पाएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नीलम ढुंगाना (तिम्सिना र बमबहादुर मिश्रलाई रिक्त डेपुटी गभर्नर पदमा नियुक्त गरेसँगै ढुंगाना राष्ट्रबैंकको यो तहसम्म पुग्ने पहिलो महिला बनेकी हुन् । दुवै झापाका स्थायी निवासी हुन् ।

चिन्तामणि सिवाकोटी र शिवराज श्रेष्ठ पाँचवर्षे कार्यकाल पूरा गरी १८ फागुनमा सेवानिवृत्त भएसँगै डेपुटी गभर्नन पद रिक्त थियो ।

Ad