बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले २ रुपैयाँ अंकित १० करोड थान सिक्का छाप्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोका लागि बेलायतको द रोयल मिन्ट कम्पनीलाई आशयपत्र जारी गरेको छ । जसमा २ रुपैयाँ अंकित सिक्का १०० मिलियन थान छापिने भनिएको छ । १० करोड थान सिक्का छाप्नका लागि १६ लाख ६४ हजार पाउन्ड खर्च गर्ने उल्लेख गरिएको छ । यस अनुसार २ रुपैयाँको एउटा सिक्का छाप्नका लागि २ रुपैयाँ ७० पैसा खर्च लाग्ने र १ रुपैयाँको सिक्का छाप्नका लागि २ रुपैयाँ ३५ पैसा खर्च लाग्ने अनुमान छ । सिक्का नेपाल राष्ट्र बैंक टक्सार विभागले जारी गर्दछ । टक्सार विभागका अनुसार कामकाजका लागि अत्याबश्यक हुने हुँदा सिक्का छपाई जरुरी हुन्छ । रुपैयाँ निकासी गर्नुपर्ने सरकारको बाध्यकारी नीति हो ।