March 5th, 2021

राष्ट्र बैंकले आज/भोलिमै नयाँ डेपुटी गभर्नर पाउने

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आज भोलिमै नयाँ डेपुटी गभर्नर पाउने भएको छ । २ डेपुटी गभर्नरका लागि गभर्नर महाप्रसाद अधिकारीले चारजना कार्याकारी निर्देशकको नाम सिफारिस गरेका छन् । राष्ट्र बैंकमा पाँच वर्षे कार्यकाल पूरा गरी डेपुटी गभर्नरद्वय चिन्तामणि शिवाकोटी र शिवराज श्रेष्ठ फागुन १८ गतेबाट विदा भएपछि डेपुटी गभर्नर पद  रिक्त छ ।

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले नयाँ डेपुटी गभर्नरका लागि अर्थमन्त्री विष्णु पौडेलका आर्थिक सल्लाकारका रुपमा रहेका कार्यकारी निर्देशक प्रकाश श्रेष्ठ, राष्ट्र बैंक नियमन विभागका कार्यकारी निर्देशक देवकुमार ढकाल, राष्ट्र बैंक अनुसन्धान विभागका कार्याकारी निर्देशक तथा प्रवक्ता डा.गुणाकर भट्ट र राष्ट्र बैंक ऋण व्यवस्थापन विभागकी कार्यकारी निर्देशक डा. निलम ढुङ्गाना तिम्सिनाको नाम सिफारिस गरेका छन् । चारजनाबाट मन्त्रीपरिषदले २ जनाको नाम अनुमोदन गरी डेपुटी गभर्नर नियुक्ति गर्ने छ । डेपुटी गभर्नरको कार्यकाल पाँचबर्षको हुने छ । बर्तमान सरकारको नेतृत्वको सम्भवत यो अन्तिम नियुक्ति हुनसक्छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]