March 3rd, 2021

गौतमबुद्ध विमानस्थलमा चल्ने ट्याक्सीलाई क्युआर कोड, पाल्पा पनि डिजिटल बन्दै


बैंकिङ खबर/ भैरहवामा निर्माण भई अन्तर्राष्ट्रिय उडान सञ्चालनको तयारीमा रहेको गौतमबुद्ध विमानस्थलबाट चल्ने भाडाका ट्याक्सीमा पनि क्युआर कोडबाट भुक्तानी प्रणाली सुरु भएको छ । सनराइज बैंक लिमिटेडद्वारा प्रदान गरिएको क्युआर कोड प्रणालीको नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका निर्देशक सुदीप फुयाँलले सोमबार शुभारम्भ गरे ।
कार्यक्रममा निर्देशक फुयाँलले नेपालमा डिजिटल बैंकिङ प्रणालीको आवश्यकता औँल्याए । लुम्बिनी प्रदेशमा क्युआर कोड विस्तार अभियानमा नेपाल राष्ट्र बैंक लागेको बताउँदै उनले यसलाई सफल बनाउन सबैलाई आग्रह गरे । विमानस्थलबाट चल्ने ट्याक्सीमा क्युआर कोड भुक्तानी प्रणालीको प्रयोगले यात्रु तथा ट्याक्सीलाई अझ सुरक्षित बनाउने र ट्याक्सीको विश्वसनीयता पनि बढ्ने उनले बताए ।
कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजनाका प्रमुख प्रवेश अधिकारीले नेपालमा डिजिटल भुक्तानी प्रणाली अभियान सुरु गरेकोमा नेपाल राष्ट्र बैंकलाई धन्यवाद दिए । निकट भविष्यमा अन्तर्राष्ट्रिय उडान सञ्चालन हुने भएकाले विमानस्थललाई प्रविधियुक्त बनाउन जरुरी रहेको बताउँदै उनले क्युआर कोडलागायत डिजिटल बैंकिङ प्रणाली विस्तार गर्न विमानस्थलले सहयोग गर्ने प्रतिबद्धता जनाए ।
कार्यक्रममा सनराइज बैंकका प्रदेश प्रमुख सुनिल मण्डलले क्युआर कोड विस्तारमा देखिएका चुनौतीलाई सहजीकरण गरिदिन राष्ट्र बैंकलाई आग्रह गरे । उनले लुम्बिनी प्रदेशका जिल्लाहरूमा क्युआर कोड भुक्तानी प्रणाली विस्तारका लागि सनराइज बैंक सक्रियताका साथ लागिरहेको बताए ।
शुभारम्भ कार्यक्रममा गौतमबुद्ध विमानस्थल आयोजना प्रमुख प्रवेश अधिकारी, सनराइज बैंक लुम्बिनी प्रदेश प्रबन्धक सुनिल मण्डल, नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपाने, ट्याक्सी व्यवसायी, सनराइज बैंकका कर्मचारीलगायतको उपस्थिति थियो ।

डिजिटल बैंकिङमा फड्को मार्दै पाल्पा


पाल्पा जिल्लामा डिजिटल प्रविधिमार्फत बैंकिङ सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीको सुरुवात गरिएको छ । तानसेन नगरपालिकाका मेयर अशोक शाही र नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले पानसमा बत्ती बालेर प्रविधिको शुभारम्भ गरे ।
शनिबार सदरमुकाम तानसेनमा सम्पन्न कार्यक्रममा निर्देशक न्यौपानेले पाल्पाका ढाका कपडा व्यवसायी, कृषक, कानुन व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटेल, रेस्टुरेन्टलगायत विविध क्षेत्रका १ सय १८ व्यवसायीलाई क्युआर कोड वितरण गरे । नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको हो ।
निर्देशक न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गाउँ–गाउँसम्म पु¥याउन राष्ट्र बैंकले अभियान थालेको बताए । क्युआर कोड प्रविधि सुरक्षित, सजिलो र सर्वसाधारणको पहुँचमा पु¥याउन कम खर्चिलो भएकाले यसबाट भुक्तानी गर्न सर्वसाधारणलाई अभिप्रेरित गर्नुपर्ने उनको भनाइ थियो । यो प्रविधिलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको भूमिका महत्त्वपूर्ण रहेको उनले बताए ।
कार्यक्रममा तानसेन नगरपालिकाका मेयर अशोक शाहीले विज्ञान प्रविधिको विकाससँगै डिजिटल बैंकिङ प्रविधिलाई सबैले अवलम्बन गर्दै जानुपर्ने बताए । उनले एकैपटक जिल्लाका धेरै ग्राहकलाई एकैपटक क्युआर सेवा प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिए । नेपाल बैंक लिमिटेड लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ दोर्जी शेर्पा, पाल्पाका शाखा प्रबन्धक सुरज घिमिरे, मुख्य प्रबन्धक लेखनाथ भुसाल, उद्योग वाणिज्य संघ पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण बस्याललगायतले नगदरहित कारोबारमा जोड दिए ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]