March 1st, 2021

नेपाल राष्ट्र बैंकद्धारा लघुवित्तलाई उपत्यकामा शाखा खोल्न कडाई

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाहरुलाई गाउँपालीकामा शाखा विस्तार गर्न फोर्स गरेको छ । जसअनुसनर काठमाडौं उपत्यका बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपछि मात्र काठमाडौं उपत्यकामा एक शाखा खोल्न मिल्ने निर्देशन जारी गरिएको छ । त्यसमा पनि गाउँपालिकामा शाखा विस्तार गर्न सकिने छ । राष्ट्र बैंकले लघुवित्तलाई शाखा विस्तारमा ग्रामिण तहमा फैलाउने योजना अनुसार यो नीति लिएको जनाएको छ । आइतबार राष्ट्र बैंकले इजाजतपत्र वर्गका लघुवित्त वित्तीय संस्थाहरुको लागि सो सर्कुलर जारी गरेको हो । यस निर्देशन अनुसार काठमाडौं बाहिर दुई वटा शाखा सञ्चालनमा ल्याएपश्चात उपत्यकामा लघुवित्तको शाखा नभएको स्थानिय तहको वडाहरुमा एक शाखा खोल्ने अनुमति दिइनेछ । उपत्यका बाहिर खोलिने दुई शाखामध्ये एक शाखा गाउँपालिकामा खोलिनुपर्ने छ । राष्ट्र बैंकका अनुसार पुस मसान्तपछि यो नियम लागु हुनेगरी निर्देशन जारी गरिएको हो । 


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]