March 1st, 2021

पाल्पामा एकैदिन ११८ क्यूआर कोड वितरण

बैंकिङ खबर । पाल्पा जिल्लामा डिजिटल प्रविधी मार्फत बैंकिंङ्ग सेवाको पहुच विस्तार गर्ने उद्धेश्यले क्युआर कोडको माध्यमबाट भुक्तानी प्रणालीलाई शुरुवात गरिएको छ । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेश कुमार न्यौपाने र तानसेन नगरपालिकाका मेयर अशोक शाहीले पानसमा बत्तीबालेर शुभारम्भ भएको कार्यक्रमम ापाल्पा जिल्ला भित्रका ढाका कपडा व्यवसायी, कृषक, कानुनी सेवा व्यवसायी, सहकारी संस्था, विद्यालय, मोटरसाइकल मर्मत पसल, होटल रेष्टुरेन्ट लगायत विविध क्षेत्रका व्यवसायीहरु गरि ११८ जनालाई क्युआर वितरण गरि तानसेनमा क्युआर कोडको माध्यमबा टभुक्तानी कार्यको शुरुवात गर्नु भयो । नेपाल बैंक लिमिटेड पाल्पा शाखाले क्युआर कोड प्रदान गरेको हो । नेपाल राष्ट्र बैंक सिद्धार्थनगर कार्यालयका सहायक निर्देशक रमेशकुमार न्यौपानेले डिजिटल भुक्तानी प्रणालीलाई गांउगांउसम्म पुर्याउन नेपाल राष्ट्र बैंकले अभियान थालेको बताउदै यो प्रविधी सुरक्षित, सजिलो र सर्वसाधारण्को पहुंचसम्म पुर्याउन कम खर्चिलो भएकोले क्युआर कोडबाट भूक्तानी गर्न सर्वसाधारणलाई अभिप्रेरित गर्नुपर्ने उल्लेख गर्नुभयो । उहाँले यसलाई अझ विश्वासिलो बनाउन बैंक तथा वित्तीय संस्थाको ठुलो भूमिका हुने बताउनु भयो ।
कार्यक्रममा अतिथीको रुपमा बोल्दै तानसेन नगरपालिकाका मेयर अशोक शाहीले विज्ञान प्रविधिको विकास भएका संगै बैकिंङ्ग प्रविधीलाई सबैले अवलम्वन गर्दै जानु पर्ने बताउनु भयो । पाल्पा जिल्लाका धेरै ग्राहकहरुलाई एकैपटक क्युआर सेवा प्रदान गरेकोमा बैंकलाई धन्यवाद दिनुभयो ।
नेपाल बैंक लिमिटेड पाल्पा शाखाका शाखा प्रबन्धक सुरज घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रममा नेपाल बैंक लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालयका प्रमुख पासाङ् दोर्जी शेर्पा, मुख्य प्रबन्धक लेखनाथ भुषाल, उद्योग वाणिज्य संघ, पाल्पाका अध्यक्ष राजु महर्जन, पाल्पा व्यापार संघका सदस्य नारायण वस्याल लगायतले नगदरहित कारोबारमा जोड दिनुपर्ने बताउनु भयो । कार्यक्रम लक्ष्मी शर्माको स्वागत तथा शिवसुन्दर पोखरेलको सञ्चालनमा सम्पन्न भएको थियो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]