नेपाल इन्फ्रास्ट्रक्चर बैंकले लगानी सुरु गर्यो, प्रदेश १ सरकारसँग संझौता

बैंकिङ खबर । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले आफ्नो सक्रियता सुरु गरेको छ । पूर्वाधारको विकासमा बैंकको आब्श्यकता महसूस गरी नेपाल राष्ट्र बैंकले २ बर्ष अघि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) को गठन गरेको थियो । उक्त बैंकले पूर्वाधार क्षेत्रमा लगानी गर्ने छ । प्रदेश १ को पूर्वाधारमा बैंकले काम सुरु गर्ने गरी प्रदेश १ सरकारसँग मंगलबार संझौता गरेको छ । प्रदेश १ को सार्वजनिक निजी साझेदारी तथा लगानी प्राधिकरण र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) बीच वित्तीय सहकार्यका लागि समझदारी भएको हो । प्रदेशको पूर्वाधार विकासका लागि परियोजना विकासको कार्यान्वयनमा सहयोग पुग्नेगरी आवश्यक वित्तीय तथा प्राविधिक सहकार्य तथा सहयोग गर्ने समझदारी भएको मुख्यमन्त्री शेरधन राईले जानकारी गराएका छन् । मुख्यमन्त्री राईका अनुसार प्राविधिक र आर्थिक रूपमा सम्भावित प्रादेशिक पूर्वाधारका परियोजना पहिचान गरेर प्राविधिक विश्लेषण र परियोजनाको बजारीकरण गर्ने समझदारीपत्रको मूल उद्देश्य रहेको छ ।
बैंकको नेतृत्वमा लगानीको व्यवस्थापन र आवश्यक अन्य प्राविधिक सहयोगका लागि सहकार्य सुरु भएपछि नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले औपचारिक रुपमै काम सूर गरेको छ ।
मंगलबार प्रदेश १ को सार्वजनिक निजी सहकारी साझेदारी तथा लगानी प्राधिकरणका तर्फबाट निर्देशक डा. सरोज कोइराला र निफ्राका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडाले संझौतामा हस्ताक्षर गरेका छन् । कार्यक्रम मुख्यमन्त्री शेरधन राईको नेतृत्वमा भएको हो । मुख्यमन्त्री राईका अनुसार प्रदेश सरकारले प्रदेश १ मा कोसी रिफ्रेसमेन्ट सेन्टर, बिमा बाम्बो प्रोजेक्ट, इलेक्ट्रिक बस प्रोजेक्ट, उदयपुर सिमेन्ट रिभाइटजाइजेशन प्रोजेक्टलगायतका केही पूर्वाधारका परियोजनाहरूमा लगानीका लागि प्रारम्भिक अध्ययन गरिसकेको छ ।


सोसिअल मेडिया