Banking Khabar
ट्रेन्डिङ: बैंकिङ घोटाला जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
इन्स्योरेन्स

२४ करोडमा झर्यो नेपाल लाइफ इन्स्योरेन्सको मुनाफा

admin २०७३ श्रावण ३० गते
सेयर:

nepal lifeनेपाल लाइफ इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्षमा २४ करोड ४ लाख रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा ५४ दशमलव ४५ प्रतिशतले घटेको हो । अघिल्लो आर्थिक वर्षमा कम्पनीले ५२ करोड ७५ लाख रुपैयाँ मुनाफा कमाएको थियो ।

कम्पनीको आम्दानी ३७ दशमलव ५ प्रतिशतले घटेर ५६ करोड १ लाख रुपैयाँ पुगेको छ भने खर्च १३ दशमलव ३१ प्रतिशतले घटेर ३१ करोड ९६ लाख रुपैयाँ पुगेको छ । २ अर्ब १६ करोड ७५ लाख रुपैयाँ चुक्ता पूँजी भएको कम्पनीले जगेडाकोषमा २७ करोेड ३६ लाख रुपैयाँ र जीवन विमा कोषमा ३२ अर्ब १३ करोड ३० लाख रुपैयाँ राखेको छ । 

कम्पनीले यस अबधिमा बीमा शुल्क (खुद) १० अर्ब १३ करोड ३९ लाख रुपैयाँ आर्जन गरेको छ भने अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ७ अर्ब ९७ करोड ३८ लाख रुपैयाँ बीमा शुल्क आर्जन (खुद) गरेको थियो । कम्पनीले यस अबधिमा १ अर्ब ३३ करोड ७७ लाख रुपैयाँ बराबरको दाबी भुक्तानी (खुद) गरेको छ भने अघिल्लो वर्ष सोहि अवधिमा ९२ करोड ६ लाख रुपैयाँ दाबी भुक्तानी गरेको थियो । कम्पनीले यस अबधिमा १९ हजार २ सय २४ वटा दाबी भुक्तानी गरेको छ । कम्पनीले यस अबधिमा १२ लाख ४३ हजार ८ सय २२ वटा बीमालेख जारी गरेको छ । 

कम्पनीको प्रति शेयर आम्दानी ११ दशमलब ०९ रुपैयाँ, पि ई अनुपात ३ सय ६१ दशमलब १० गुणा, प्रति शेयर नेटवर्थ १ सय १९ दशमलब ९३ रुपैयाँ र प्रति शेयर कुल सम्पत्ति मूल्य १ हजार ६ सय ७३ दशमलब ९९ रुपैयाँ रहेको छ ।

ट्यागहरू:
admin

admin

लेखकको बारेमा थप जानकारी उपलब्ध छैन।