February 14th, 2021

आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक : राष्ट्र बैंक

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७ / ०७८ को मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गरेको छ । केन्द्रीय बैंकले आइतवार मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दै चालु आर्थिक वर्षको ६ महिनामा समष्टिगत आर्थिक एवम् वित्तीय परिसूचकहरू सकारात्मक रहेको जनाएको छ । बैंकका अनुसार मुद्रास्फीति नियन्त्रित रहेको छ भने शोधनान्तर बचतमा रहेको छ । विदेशी विनिमय सञ्चिति सुविधाजनक अवस्थामा रहेको छ भने बैक तथा वित्तीय संस्थाहरूको आधारदर घटेसँगै कर्जाको ब्याजदरमा कमी आएको छ । पुनरकर्जा तथा सहुलियतपूर्ण कर्जाको उपयोग वढ्दै गइरहेको छ । वित्तीय पहुँच विस्तार हुनुका साथै विद्युतीय वित्तीय कारोवार वढ्दै गएको छ । शेयर बजार कारोबार र सूचकांङ्क दुवैमा विस्तार आएको छ । कोभिड–१९ संक्रमण दर घटेसँगै आर्थिक क्रियाकलापमा विस्तार आउन थालेको छ ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]