विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि

बैंकिङ खबर । विद्युतीय भुक्तानी कारोबारमा उल्लेख्य वृद्धि भएको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ६ महिनाको आर्थिक तथा वित्तीय अबस्था सार्वजनिक गर्दै यस्तो तथ्याङ्क सार्वजनिक गरेको हो । विद्युतीय भुक्तानी पूर्वाधारमा भएको विकास, विद्युतीय भुक्तानी कारोबारका लागि गरिएको प्रोत्साहन र सर्वसाधारणको विद्युतीय भूक्तानी उपकरण प्रयोगमा बढ्दो अभ्यासका कारण विद्युतीय भुक्तानी कारोबार बढ्दै गएको केन्द्रीय बैंकले जनाएको छ ।


सोसिअल मेडिया