बैंकिङ खबर । हाल विश्व डिजिटल अर्थतन्त्र निर्माणको चरणमा छ, यसको असर नेपालमा पनि आउँदै छ त्यसैले पछिल्लो समय नेपालमा समेत विद्युतिय कारोबारमा सबैको चासो बढ्दै गइरहेको छ । साना फलफुल तरकारी पसलदेखि ठुला ठुला कर्पोरेट क्षेत्रमा डिजिटलाइजेसनले स्थान पाइसकेको छ । आज सबैजसो साना ठुला व्यापारी पनि यसको कारोबारमा आकर्षित भइसकेका छन् भने ग्राहकहरुपनि विस्तारै यसमा प्रवेश गदै छन् । विगत चार महिनाको मात्र तथ्याङ्क हेर्ने हो भने पनि विद्युतिय भुक्तनी कारोबारमा राम्रो सुधार देख्न सकिन्छ ।

गत श्रावण २०७७ मा ३४ हजार ९ सय ३७ पटक भएको आर.टि.जि.एस. कारोबार मंसिर २०७७ सम्म पुग्दा ४१ हजार ३ सय ३२ मा पुगेको छ । यस्तै श्रावण २०७७ मा ४७ लाख ६९ हजार ३ सय ४० पटक भएको एटिएम कारोबार मंसिर २०७७ सम्म पुग्दा ६२ लाख ९७ हजार ९ सय ३१ मा पुगेको छ । यता, श्रावण २०७७ मा १० लाख ३९ हजार ३ सय ३० पटक भएको इसिसि कारोबार मंसिर २०७७ सम्म पुग्दा ९ लाख ७० हजार ६ सय ४ मा पुगेको छ । यस्तै कनेक्ट आइपिएस तर्फ हेर्दा श्रावण २०७७ मा ६ लाख ३३ हजार १ सय ३४ पटक भएको कनेक्ट आइपिएस कारोबार संख्या मंसिर २०७७ मा बढेर १२ लाख १७ हजार ३ सय १० मा पुगेको छ । यस्तै, डेबिट कार्ड कारोबार संख्या हेर्ने हो भने श्रावण २०७७ मा ५४ लाख २६ हजार ३ सय ६८ पटक डेबिट कार्डबाट भएको कारोबार मंसिर २०७७ मा बढेर ६८ लाख ९० हजार ९ सय २४ मा पुगेको छ ।
क्रेडिट कार्डको कारोबार संख्या हेर्दा भने श्रावण २०७७ मा १ लाख ५४ हजार ६ सय ९८ पटक क्रेडिट कार्डबाट भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर १ लाख ९६ हजार १ सय ५८ मा पुगेको छ ।
यता, प्रिपेड कार्डको तथ्याङ्क हेर्ने हो श्रावण २०७७ मा ८ हजार ९ सय ८६ पटक प्रिपेड कार्डबाट भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर ९ हजार ७ सय ८८ मा पुगेको छ ।
इन्टरनेट बैंकिङ कारोबार संख्यामा भने श्रावण २०७७ मा २ लाख ५ हजार ७ सय ३५ पटक इन्टरनेट बैंकिङबाट भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर २ लाख ४५ हजार २ सय ८६ कायम भएको छ, भने मोबाइल बैंकिङ कारोबार संख्यामा श्रावण २०७७ मा ५९ लाख २३ हजार ४ सय ११ पटक मोबाइल बैंकिङबाट भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर २ लाख ८३ लाख ८६ हजार ४ सय ७० मा पुगेको छ ।
यस्तै, शाखा रहित बैंकिङबाट श्रावण २०७७ मा ५३ हजार ३ सय ५० पटक भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर ८६ हजार ६ सय ७५ कायम भएको छ । त्यस्तै, वालेटको कारोबार संख्यामा भने श्रावण २०७७ मा १ करोड १ लाख ७७ हजार ८ सय ८९ पटक वालेटबाट भएको कारोबार संख्या मंसिर २०७७ मा भने घटेर ९९ लाख २९ हजार ९ सय ६९ मा कायम भएको छ ।
यता, क्यु.आर.मा आधारित भुक्तानी कारोबार भने श्रावण २०७७ मा १ लाख ९५ हजार १६ मा कायम थियो भने सो संख्या मंसिर २०७७ मा बढेर ३ लाख ४३ हजार ५ सय ७४ मा पुगेको छ ।
यस्तै, पिओएस कारोबारको कुरा गर्ने हो भने श्रावण २०७७ मा ५ लाख ३२ हजार ९ सय ११ पटक पिओएसबाट भएको कारोबार संख्या मंसिर २०७७ मा बढेर ६ लाख ९० हजार २ सय ५९ कायम भएको छ ।
त्यस्तै, ई कमर्समा भने श्रावण २०७७ मा १ लाख ६८ हजार ६ सय २७ पटक ई कमर्सबाट भएको कारोबार संख्या मंसिर २०७७ मा घटेर १ लाख ८ हजार ४ सय ५९ कायम भएको छ ।

यस्तै, विगत चार महिनाको तथ्याङ्कमा विद्युतिय भुक्तानी कारोबार रकममा समेत सुधार देख्न सकिन्छ ।

गत श्रावण २०७७ मा ८७ खर्ब १५ अर्ब ६१ करोड ९० लाख रुपैँयामा भएको आर.टि.जि.एस. कारोबार मंसिर २०७७ सम्म पुग्दा १३ खर्ब ४ अर्ब ८५ करोड २० लाखमा पुगेको छ ।
यस्तै श्रावण २०७७ मा ३८ अर्ब ३९ करोड ३० लाख रुपैंयामा भएको एटिएम कारोबार मंसिर २०७७ सम्म पुग्दा ५६ अर्ब २५ करोड ५९ लाखमा पुगेको छ । यता, श्रावण २०७७ मा ६ खर्ब ५७ अर्ब ११ करोड ३० लाखमा भएको इसिसि कारोबार रकम मंसिर २०७७ सम्म पुग्दा ६ खर्ब १२ अर्ब ७८ करोड २४ लाखमा पुगेको छ ।
यस्तै आइपिएस तर्फ हेर्दा श्रावण २०७७ मा १ खर्ब ५६ अर्ब ३६ करोडमा भएको आइपिएस कारोबार रकम मंसिर २०७७ मा बढेर २ खर्ब ५८ करोड ९८ लाखमा पुगेको छ भने कनेक्ट आइपिएस तर्फ हेर्दा श्रावण २०७७ मा ४७ अर्ब ३६ करोड ७० लाखमा भएको कनेक्ट आइपिएस कारोबार रकम मंसिर २०७७ मा बढेर ९० अर्ब १ करोड ४६ लाखमा पुगेको छ ।





