Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
बैंक-वित्त

राष्ट्रिय वाणिज्य बैंकको शाखा सञ्जाल विस्तार, गोरखा र जुम्लाका नागरिकलाई सहज वित्तीय सेवा

२०८३ असार ३ गते

बैंकिङ खबर / राष्ट्रिय वाणिज्य बैंकले गोरखा जिल्लाको गण्डकी गाउँपालिका वडा नं ८ सिउरेनीटारमा शाखा कार्यालय सिउरेनीटार असार १ गते देखि सञ्चालनमा ल्याएको छ ।

त्यसैगरी बैंकले कर्णाली प्रदेश अन्तर्गत जुम्ला जिल्लाको सिंजा गाउँपालिका वडा नं ३ नराकोटमा शाखा कार्यालय सिंजा गत जेठ २६ गते देखि सञ्चालनमा ल्याएको थियो ।

उपरोक्त शाखाहरु सञ्चालनमा आएसंगै राष्ट्रिय वाणिज्य बैंकको शाखा संख्या ३१६ पुगेको छ । वि.सं. २०२२ साल माघ १० गते पूर्ण सरकारी स्वामित्वमा स्थापना भएको राष्ट्रिय वाणिज्य बैंकले हाल ७ वटै प्रदेशका ७७ जिल्ला सदरमुकामसहित दुर्गम क्षेत्रलाई समेत समेट्ने गरी शाखा कार्यालयहरु सञ्चालनमा ल्याएको छ । बैंकले कर्जा, निक्षेप सहित एटिएम, मोबाईल बैंकिङ लगायतका आधुनिक डिजिटल बैंकिङ सेवाहरु उपलब्ध गराईरहेको छ ।