बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले ५ अर्ब १० करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले सोमबार ३ बजे बोलकबोलको माध्यमबाट उक्त ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त बिल मंगलबार इस्यु हुने बताइएको छ । राष्ट्र बैंकले ९१ दिनका लागि १० करोड र ३६४ दिनका लागि ५ अर्ब बराबरका ट्रेजरी बिल बिक्री गर्न लागेको जनाएको छ।
