बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले मंगलबारबाट वार्षिक ९ प्रतिशत ब्याज दिने गरी २ अर्ब रूपैयाँ बराबरको ‘नागरिक बचत पत्र २०८२’ बिक्री गर्ने भएको छ । राष्ट्र बैंकले फागुन २५ गतेदेखि पाँच वर्षका लागि नागरिक बचतपत्र २०८२ निष्कासन गर्नेछ । केन्द्रीय बैंकका अनुसार घटीमा १० हजार र बढीमा कूल निष्कासित रकमको सीमा नबढाई १० हजार रूपैयाँले भाग गर्दा निशेष भाग जाने अंकमा खरिद गर्न पाउने सीमा निर्धारण गरिएको छ। ब्याजको भुक्तानी भने ६ / ६ महीनामा हुनेछ। यसको लागि फागुन १८ गतेसम्म आवेदन दिइसक्नु पर्नेछ ।

