बैंकिङ खबर । कोरोना भाइरसको भ्याक्सीनले असर कच्चा तेलको मूल्यमा प्रष्ट देखिन थालेको छ । अप्रिल ३०, २०२० मा कच्चा तेलको मूल्य अन्तराष्ट्रिय बजारमा २५.२७ डलर प्रति ब्यारल थियो र हाल कच्चा तेलको मूल्य ५५.९१ डलर प्रति ब्यारल भएको छ ।

गएको १० महिनाको तथ्याङ्क हेर्दा अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार बढीरहेको छ । करीब १०/११ महिना अघि कोरोना माहामारीका कारण विश्वको धेरै देशहरुमा लकडाउन थियो र सबैजसो उद्योगहरु बन्द भएका थिए । त्यसको असर तेलको मागमा भारी गिरावट भएसँगै अन्तराष्ट्रिय बजारमा तेलको मूल्य धेरै नै घटेको थियो ।
अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढ्नुमा निम्न कारणहरु छन् ।
विभिन्न देशले गरेका लकडाउन क्रमैसँग हट्दै जानु ।
यातायात व्यवस्था र उद्योगहरु पुनः सूचारु हुनु ।
लकडाउनको समयमा मागमा भारी गिरावट आएसँगै तेल उत्पादन गर्ने देशहरुले तेल उत्पादनमा कटौती गर्नु ।
कोरोना भ्याक्सीनसँगै अन्तराष्ट्रिय बजारमा तेलको माग क्रमैसँगै बढ्दै जानु ।

यस्तै, अप्रिल ३०, २०२० मा पेट्रोलको मूल्य प्रति लिटर ९६ रुपैँया प्रति लिटर थियो भने डिजेलको मूल्य प्रति लिटर ८५ रुपैँया प्रति लिटर थियो हाल पेट्रोलको मूल्य प्रति लिटर ११० रुपैँया प्रति लिटर छ भने डिजेलको मूल्य प्रति लिटर ९३ रुपैँया प्रति लिटर कायम छ ।
