बैंकिङ खबर । नेपाली बजारमा आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेको छ । आज छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएर ९२ हजार ८ सय रुपैयाँ कायम भएको छ । यस्तै तेजाबी सुनको मूल्य ९२ हजार ३ सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यता, चाँदीको मूल्य भने तोलामा १ हजार २ सय ५५ रुपैयाँ मूल्य निर्धारण भएको छ ।