January 20th, 2021

देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक : अर्थमन्त्री पौडेल

बैंकिङ खबर । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले देशको आर्थिक क्षेत्रका सुचकहरु सकारात्मक रहेको बताउनुभएको छ । बुधबार कृषि विकास बैंकको वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पौडेलले देशको अर्थिक क्षेत्रको सुचकहरु सकारात्मक रहेको बताउनुभएको हो । पौडेलले कोभिड १९ को कारण राजस्वमा केही समस्या भएतापनि अन्य क्षेत्रमा आर्थिक सुचकहरु सकारात्मक रहेको बताउनुभयो। यस्तै उहाले कोभिड १९ को अर्थतन्त्र चलायमान बनाउन आफु प्रयत्नरत रहेको उल्लेख गर्नुभयो ।


[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]