राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकलाई आरटिजिएस सिस्टम हस्तान्तरण भएको छ।  अन्तर्राष्ट्रिय दातृनिकाय DFID को सहयोगमा Access to Finance अन्तर्गत Ukaid Sakchyam सँगको सहकार्यमा २०७६÷०५÷२६ (सन् २०१९ सेप्टेम्बर १२) देखि यस बैंकमा सञ्चालनमा रहेको Real Time Gross Settlement (RTGS) System तथा Modular Data Center औपचारिक रुपमा हस्तान्तरण गरी नेपाल राष्ट्र बैँकले लिएको हो ।
गभर्नर महाप्रसाद अधिकारीको समुपस्थितिमा सम्पन्न उक्त कार्यक्रममा डेपुटी गभर्नर चिन्तामणि शिवाकोटी र नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि Rob Clark, Ukaid Sakchyam का प्रतिनिधि तथा नेपाल राष्ट्र बैंकका पदाधिकारीहरु लगायतको उपस्थिति रहेको कार्यक्रमको सञ्चालन भुक्तानी प्रणाली विभागका निर्देशक निश्चल अधिकारीले गर्नुभएको थियो । कार्यक्रमको सुरुवातमा Ukaid Sakchyam का तर्फबाट Team Leader निर्मल दाहालले Real Time Gross Settlement (RTGS) System तथा Modular Data Center Project को विषयमा संक्षिप्त मन्तव्य राख्दै उक्त Project कार्यान्वयनको सिलिसिलामा नेपाल राष्ट्र बैंकबाट भएको सहयोगका लागि धन्यवाद ज्ञापन गर्नुभयो ।
कार्यक्रममा मन्तव्य राख्ने सिलसिलामा भुक्तानी प्रणाली बिभागका कार्यकारी निर्देशक भुवन कडेलले RTGS System मार्फत हुने कारोवारहरु हाल मासिक औसत रु. १३ खर्ब बराबर रहेको, सहभागी बैंक तथा वित्तीय संस्थाहरुको संख्या ३७ रहेको र यो संख्या बढ्दो क्रममा रहेको जानकारी दिनु हुंदै नेपालको भुक्तानी प्रणालीमा विशेष महत्व राख्ने RTGS System कार्यान्वयनमा ल्याउन सहयोग गर्नुहुने Ukaid Sakchyam प्रति धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रमको दोस्रो सत्रमा Real Time Gross Settlement (RTGS) System हस्तान्तरण गरी लिनका लागि UkaidSakchyam का Team Leader निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक कडेलबीच Real Time Gross Settlement (RTGS) System Handover Certificates आदानप्रदान भयो । त्यस्तै Modular Data Center हस्तान्तरण गरी लिनका लागि Ukaid Sakchyam का Team Leader निर्मल दाहाल र नेपाल राष्ट्र बैंकका निर्देशक शिवराम दवाडीबीच Modular Data Center Handover Certificates आदानप्रदान भएको थियो ।
सर्टिफिकेट आदानप्रदान कार्यक्रमपश्चात्, कार्यक्रममा उपस्थित नेपालस्थित वेलायती राजदुतावासका प्रतिनिधि Rob Clark ले नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणको लागि Ukaid ले गरेको सहयोगबारे चर्चा गर्नुहुँदै आगामी दिनमा पनि यस किसिमको सहयोग गर्ने प्रतिवद्घता जाहेर गर्नु भयो ।
कार्यक्रममा गभर्नर महाप्रसाद अधिकारीले Real TimeGross Settlement (RTGS)System तथा Modular Data Center Project हस्तान्तरण गरी लिने कार्य सफलतापुर्वक सम्पन्न भएकोमा बधाईका साथै आगामी दिनहरुका लागि शुभकामना व्यक्त गर्नुभयो । नेपालको वित्तीय क्षेत्रको सुदृढीकरण तथा वित्तीय पुर्वाधार विकासका लागि बेलायत सरकारको उल्लेखनीय सहयोग रहेकोले Uk Government तथा UK का जनताहरुप्रति हार्दिक कृतज्ञता व्यक्त गर्नुभयो ।Ukaid Sakchyam Access to Finance Project ले नेपालमा वित्तीय समावेशिता बढाउन महत्वपूर्ण भूमिका खेलेको स्मरण गर्नुहुँदै सो Project ले Doing Business Index मा नेपालको Ranking बढाउन सहयोग गरेको चर्चा गर्नुभयो । मन्तव्यकै क्रममा श्रीमान् गभर्नरले Digital Nepal अभियानलाई सफल बनाउन आगामी दिनमा समेत Ukaid बाट यस किसिमको सहकार्य रहने अपेक्षा व्यक्त गर्नुभएको थियो ।


सोसिअल मेडिया