बैंकिङ खबर । लामो समयदेखिको पर्खाइमा रहेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकको भोलि अर्थात माघ २ गतेबाट आइपीओ निश्कासन हुँदैछ । यो आइपीओ अहिलेसम्मकै सबैभन्दा ठुलो आकारको हो । बैंकले शुक्रबारबाट ८ अर्ब रुपैयाँको आइपीओ निष्काशन गर्ने छ । आईपीओ भर्नका लागि अनलाइनमार्फत मेरो सेयरबाट र बैंकवित्तहरुबाट आवेदन दिन सकिन्छ । बैंकले १ लाख ६० हजार कित्ता कर्मचारीलाई, ४० लाख कित्ता सेयर सामूहिक लगानी कोषका लागि र ७ करोड ५८ लाख ४० हजार कित्ता सर्वसाधारणका लागि छुट्टाएको छ । प्रतिकित्ता १ सय रुपैयाँका दरले आवेदन भर्न सकिने छ । आवेदन भर्ने म्याद पहिलो चरणमा माघ ६ गतेसम्म रहेको छ । सो अवधिमा आवेदन कम परेमा भने माघ १६ गतेसम्म बिक्री खुल्ला रहने छ ।
नेपाल राष्ट्र बैंक
सबैभन्दा ठुलो नेपाल इन्फ्रास्ट्रक्चर बैंकको आइपीओ भोलि माघ २ गतेबाट निश्कासन हुँदै
२०७७ माघ १ गते