अभौतिक मुद्राको शानदार प्रदर्शन : बिटक्वाइन एउटा उदाहरण

बिटक्वाइनको बारेमा आजभोलि चर्चा चुलिरहेको छ, तर धेरैलाई बिटक्वाइनको बारेमा थाहा नहुन सक्छ ।
के हो बिटक्वाइन ?
बिटक्वाइन एक क्रिप्टोकरेसीं हो अर्थात एक भर्चुवल करेसीं जो आफ्नै हातले छुन नसकिने । यसको लेनदेन अनलाइनको माध्यमद्धारा एक वालेटबाट अर्को वालेटमा मात्र हुन्छ । यसलाई अन्य करेसींमा बदल्न पनि सकिन्छ । बिटक्वाइन २००९ मा चलनचल्तीमा आएको थियो । भनिन्छ यसको अविष्कार जापानका सातोशी नाकामोतोले गरेका थिए । यद्यपी उनको नाम र पहिचान काल्पनिक रहेको बताइन्छ । यसको अस्तित्व भर्चुवल दुनिया अर्थात इन्टरनेटमा मात्र रहन्छ । तर जसरी भौतिक मुद्राले सामान किन्न सकिन्छ त्यसरी नै यो मुद्राले पनि सामान खरिद बिक्री गर्न सकिन्छ । यसको लेनदेन पीयर टु पीयर नेटवर्कमा आधारीत छ । अर्थात यो एक अकाउन्टबाट अर्को अकाउन्टमा सर्भर बिनै पुग्छ । यसको लागि केवल इन्टरनेट कनेक्सनको आवश्क्ता पर्दछ । यसको मूल्य विश्वभर एक समान हुन्छ । उदाहरणको लागि विश्वभर एक बिटक्वाइनको मूल्य कुनै दिन १९ हजार ८६० डलर बराबर थियो ।
बिटक्वाइनको सबैभन्दा सानो करेंसी सातोशी हो । १० करोड सातोशीको एक बिटक्वाइन हुन्छ । कुनै पनि करेंसी, सामान वा सेवा वापत बिटक्वाइन खरीद गर्न सकिन्छ । यसमा कुनै देश, बैंक वा अथोरीटिको कन्ट्रोल हुदैन । यसमा पैसा लगानी गर्नु जोखिमपूर्ण हुन्छ । कैयो पटक यसको मूल्य केही घण्टामै ४० देखि ५० प्रतिशतसम्म झरेको छ । क्रिप्टोकरेन्सीको ज्यादातर प्रयोग गैर कानुनी काममा भइरहेको छ । फेब्रुअरी २०२० को एक रिपोर्टका अनुसार विश्वभर ५?००० भन्दा बढी क्रिप्टोकरेन्सी प्रचलनमा छ ।

कसरी सुरु भयो ?
सन् २००९ तिर सातोशी नाकामोतोले यो सफ्टवेर लन्च गरेको जनाइन्छ जसलाई सुरुमा अनलाइन गेम खेल्न प्रयोग गरीन्थ्यो केही समयपछि यसको प्रयोग अनलाइन काम गरेर पैसा कमाउने व्यक्तिहरुले गर्न थाले । बिस्तारै कागजी नोटको साटो यस्तो मुद्रा प्रयोग गर्न थाले र बिटक्वाइन सञ्चित गर्न थाले । त्यसपछि बजारमा यसको माग बढ्दै गयो र यसले विश्वव्यापी रुपमा मुद्रको रुप लियो ।

यो पनि पढ्नुहोस्

काेराेना महामारीमा चासाे बिटक्वाइनमा, (बैंकर सरोज कटुवालको विचार)


सोसिअल मेडिया