
बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले निक्षेप संकलन गर्ने भएको छ । बैंकले २० अर्ब रूपैयाँ बराबरको निक्षेप बोलकबोल प्रक्रियाबाट २८ दिनको अवधिको लागि संकलन उपकरण निष्कासन गर्न लागेको एक सूचना मार्फत जानकारी दिएको छ । निक्षेप संकलन उपकरण खरिद गर्न चाहाने बैंक तथा वित्तीय संस्थाले घटीमा ५ करोड रुपैयाँदेखि बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निस्शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन गर्न सक्नेछन् । यो निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क”, “ख” र “ग” बर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् । त्यसैगरी, यसको व्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने बैंकले जनाएको छ । यसको बोलकबोल आज (पुस १६ गते, बिहीबार) दिउँसो २ बजेसम्म Online Bidding Software मार्फत हुनेछ ।
