Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
लघुवित्त

मेरो माइक्रोफाइनान्सको अभिमुखीकरण तालिम सम्पन्न

२०७७ पुष १४ गते

बैंकिङ खबर । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले नबनियुक्त कर्मचारीहरुलाई १ दिने अभिमुखीकरण तथा लघुबित्त तालिम सम्पन्न गरेको छ । नवनियुक्त कर्मचारीहरुलाई संस्था सम्बन्धी कार्य तथा नीति नियमको बारेमा जानकारी दिने, सिकाउने उद्देश्यले तालिम दिइएको थियो। तालिममा नवनियुक्त ३७ जना कर्मचारी सहभागी भएका थिए ।

लघुवित्तले आयोजना गरेको उक्त कार्यक्रमको समापन समारोहमा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रामहरी दाहालले नबनियुक्त कर्मचारीहरुलाई हौसला प्रदान गर्दै यस किसिमको तालिमले कर्मचारीहरुको कार्यकुशलतामा वृद्धि हुनुका साथै कर्मचारीले यस्ता तालिमबाट आफूले सिकेको कुरा प्रयोगमा ल्याई कर्मचारी स्वयं एबम् संस्थाको दिगो विकासमा योगदान पुग्ने बताए।

कार्यक्रममा सहभागी कर्मचारीहरुले सो तालिमबाट काम गर्ने हौसला मिलेको साथै सबैसंग परिचय गर्ने मौका मिलेको हुनाले तालिम निकै लाभदायक भएको बताएका थिए । मेरो माइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था नुवाकोटको बट्टारमा कर्पोरेट कार्यालय रहि देशका ५९ जिल्लामा १२० शाखा कार्यालय मार्फत १ लाख १८ हजारभन्दा बढी घरपरिवारमा वित्तीय सेवा पुर्याइ रहेको छ ।