
बैंकिङ खबर । मंगलबार सुनको भाउ ओरालो लागेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ८०० रुपैयाँले घटेको हो। यो गिरावटसँगै आज प्रतितोला फाइन गोल्ड ९४ हजार १०० रुपैयाँ र तेजाबी गोल्ड ९३ हजार ९०० रुपैयाँमा झरेको छ।
हिजो सोमबार भने सुनको भाउ तोलामा ७०० रुपैयाँले उकालो लागेको थियो। यो प्रतितोला फाइन गोल्ड ९४ हजार ९०० रुपैयाँ र तेजाबी गोल्ड ९४ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँको गिरावट आएको छ। योसँगै आज चाँदी तोलाका १ हजार ३०० रुपैयाँ कायम भएको छ।