Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

आर्थिक कूटनीति र लगानी प्रवर्धनमा प्राथमिकता

२०७७ पुष १४ गते

अमेरिकाका लागि नेपालका राजदूत डा. युवराज खतिवडाले आर्थिक कूटनीति सुदृढ गर्ने र अमेरिकाबाट निजी तथा बहुपक्षीय लगानी जुटाउने कुरा आफ्नो मुख्य प्राथमिकता रहेको बताउनुभएको छ । अमेरिकामा कार्यभार सम्हाल्न जानुअघि नेपाल उद्योग परिसङ्घसँगको अन्तक्र्रियामा राजदूत डा. खतिवडाले अन्य क्षेत्र तथा देशका लगानीकर्तालाई विश्वास दिलाउन पनि अन्तर्राष्ट्रिय सद्भाव वृद्धि गर्नु आफ्नो प्राथमिकता रहेको बताउनुभएको हो ।
परिसङ्घका अनुसार अमेरिकाले केही वस्तुमा दिएको व्यापार सहुलियतको दायरा विस्तार गर्ने, सूचना प्रविधिको क्षेत्रमा लगानी बढाउँदै डिजिटल इकोनोमी निर्माणमा सहयोग खोज्ने तथा अमेरिकास्थित बहुराष्ट्रिय वित्तीय संस्थाहरू विश्व बैङ्क तथा अन्तर्राष्ट्रिय मुद्रा कोषबाट ठूला परियोजनामा लगानी भित्र्याउने कामलाई प्राथमिकतामा राखेको पनि राजदूत खतिवडाले उल्लेख गर्नुभयो ।
अन्तक्र्रियामा परिसङ्घका अध्यक्ष सतीशकुमार मोरले परिसङ्घले आर्थिक कूटनीतिलाई उच्च महत्व दिँदै आएको जनाउँदै अमेरिकातर्फ निर्यात बढाउन बजार सहुलियतका वस्तुको सूची निकै कम रहेको र त्यसको निर्यातमा पनि समस्या रहेकाले आवश्यक कर तथा बजार प्रवेशका सहुलियतका लागि थप प्रयास गर्न, अमेरिकी लगानी भित्र्याएर अर्थतन्त्रको आधुनिकीकरण गर्न पनि राजदूत खतिवडाले थप भूमिका निर्वाह गर्नेमा विश्वस्त रहेको पनि अध्यक्ष मोरले उल्लेख गर्नुभयो ।
परिसङ्घका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवालले प्रविधिका क्षेत्रमा अमेरिकी लगानी भित्र्याउने, तयारी पोसाकको अमेरिकी बजार पहुँचका लागि थप प्रयास गर्ने, अमेरिका अध्ययन गरिरहेका नेपाली विद्यार्र्थीलाई नेपालमै अवसर देखाउनेतर्फ राजदूत खतिवडाको सक्रिय भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।
परिसङ्घका उपाध्यक्ष अनुज अग्रवालले वातावरण संरक्षणमा अमेरिकी लगानी बढ्ने देखिएकाले त्यसलाई नेपालले पनि प्राप्त गर्न अहिलेदेखि प्रयास गर्नुपर्नेमा ध्यान पु-याउन आग्रह गर्नुभयो ।
परिसङ्घका उपाध्यक्षहरू सुलभ अग्रवाल र वीरेन्द्रराज पाण्डेले पनि आर्थिक कूटनीतिको माध्यमद्वारा द्विपक्षीय व्यापार विस्तारमा राजदूत खतिवडाको सक्रियता बढ्ने विश्वास लिएको बताउनुभयो ।

 

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad