बैंकिङ खबर । साताको पहिलो दिन आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार २ सय र तेजाबी सुनको मूल्य ९३ हजार ७ सय कायम रहेको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि स्थिर छ । चाँदी आज प्रतितोला १ हजार २८० रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।