Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

युवालाई बिना धितो ऋण

२०७७ पुष १० गते

बैंकिङ खबर । पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाले कोभिड माहामारीका कारण स्वदेश तथा विदेशबाट रोजगारी गुमाई गाउँ फर्किएर कृषि पशु फर्म सञ्चालन गर्न चाहेका युवाका लागि बिना धितो ऋण दिने भएको छ । गाउँपालिकाले बिना धितो युवालाई १० लाख रुपियाँसम्म ऋण दिने भएको हो । युवा, दलित, महिला तथा विपन्न वर्गलाई लक्षित गरी युवा स्वरोजगार कार्यक्रममार्फत बिना धितो सहुलियत दरको ऋण प्रदान गर्न लागिएको गाउँपालिकाले जनाएको छ ।

यस्तै, समयमै बैंकको किस्ता बुझाउने व्यक्तिलाई पालिकाले प्रोत्साहन स्वरुप व्याज समेत तिरिदिने पालिकाकाले जनाएको छ ।

Ad