Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

कर छली अभियोगमा राजश्व अनुसन्धान विभागद्धारा ४ फर्मविरुद्ध मुद्दा दायर

२०७७ पुष १० गते


बैंकिङ खबर । नक्कली र झुटो मूल्य अभिवृद्धि कर विजक प्रयोग गरी राजस्व चुहावट गरेको अभियोगमा राजश्व अनुसन्धान विभागले ४ फर्मविरुद्ध मुद्दा दायर गरेको छ। विभागले ती कम्पनी विरुद्ध २० करोड रुपैयाँभन्दा बढी बिगो कायम गरी मुद्दा दायर गरेको हो । राजश्व अनुसन्धान विभागले कविला सप्लायर्सका सञ्चालक नवलकिशोर चौधरीलाई २ करोड १४ लाख, शिवम् प्याकेजिङका सञ्चालक सीतादेवी जैसवाललाई ५ करोड ८८ लाख, गौतम सप्लायर्सका सञ्चालक मुकेशप्रसद चौधरीविरुद्ध १३ करोड १२ लाख र अनुष्का मल्टिप्रोपोज कम्पनीका सञ्चालक शिवलाल तिमिल्सिनाविरुद्ध १ करोड ८२ लाखको मुद्दा दायर गरेको छ ।
उक्त कम्पनीहरु विरुद्ध उच्च खरिद देखाएर मूल्य अभिवृद्धि कर छली गर्नुका साथै कम आम्दानी देखाएर आयकरसमेत छली गरेको आरोप लगाइएको छ ।

Ad