Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

डिजिटल उद्यमशीलता : विकासमा पुँजीकै समस्या

२०७७ पुष ८ गते

प्रविधिमा आधारित उद्यमशीलता विकासमा पुँजी अभाव नै मुख्य समस्या रहेको विज्ञहरूले बताएका छन् । नेपालमा डिजिटल उद्यमशीलताको पर्याप्त सम्भावना रहेकाले यसको प्रवद्र्धन गर्न आवश्यक पुँजी, ज्ञान र सञ्जालको पहुँच हुनुपर्नेमा उनीहरूको जोड छ ।
एसियाली विकास बैङ्क (एडीबी) र नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले मङ्गलबार संयुक्त रूपमा आयोजना गरेको ‘नेपालमा डिजिटल उद्यमशीलताको प्रारम्भिक चरण’ विषयक भर्चुअल कार्यक्रममा यसका लागि उपयुक्त वातावरण सिर्जना गर्नुपर्ने बताएका हुन् ।
राष्ट्रिय योजना आयोगका सदस्य डा. रामकुमार फुयाँलले वार्षिक १५ हजार उद्यमशीलता विकास गर्ने योजना १५औँ पञ्चवर्षीय योजनामा रहेको जानकारी दिनुभयो । कोभिडबाट आक्रान्त उद्यमशीलताका लागि सहयोग गर्न सहुलियतपूर्ण कर्जा दिने गरी कार्यविधि तयार गरिएको पनि
उहाँले बताउनुभयो ।
नेपालका लागि एडीबीका राष्ट्रिय निर्देशक मुख्तोर खामुदखानोभले नेपालमा प्रविधिमा आधारित स्टार्टअपका लागि अवसर भए पनि आर्थिक र कानुनी चुनौती रहेकाले घट्दो डेटा शुल्क र युवाको पर्याप्त सङ्ख्या रहेकाले नेपालमा डिजिटलमा आधारित सेवा विस्तारको सम्भावना पर्याप्त रहेको बताउनुभयो।
नेपाल धितोपत्र बोर्डका कार्यकारी निर्देशक निरज गिरीले उद्यमशीलताका लागि आवश्यक पुँजी जुटाउन बोर्डले सहजीकरण गरिरहेको बताउनुभयो ।
खासगरी निजी र सार्वजनिक क्षेत्र असफल भएका आवश्यकतामा आधारित व्यावसायिक मोडलमा रहेको रिक्तता यस्ता किसिमका उद्यमशीलताले पूर्ति गर्ने कार्यक्रममा उल्लेख गरिएको थियो । यस्ता किसिमका केही व्यवसाय असफल हुन सक्ने भए पनि भविष्यमा उनीहरूले आफ्नो अनुभवका आधारमा अन्य भौगोलिक अवस्थामा स्थानीय बजारमा नेतृत्वकर्ताका रूपमा उदाउन सक्ने वक्ताहरूको भनाइ थियो । सफल पार्टनर्सका प्रबन्ध निर्देशक आशुतोष तिवारीले विपे्रषण रकम उद्यमशीलतामा प्रयोग गर्ने गरी नीतिगत व्यवस्था भयो भने त्यसले धेरै सहयोग पुग्ने बताउनुभयो ।
बिजनेस अक्सिजनका वरिष्ठ लगानी प्रबन्धक रीतु प्रधान मल्लले उद्यमशीलताका लागि पुँजी जुटाउन प्रक्रियागत सहजीकरण आवश्यक छ भन्नुभयो । यूजी बजारका प्रमुख कार्यकारी निकिता आचार्यले उद्यमशीलता विकासमा प्रारम्भिक लगानी जुटाउने विषय निकै कठिन रहेको बताउनुभयो ।

 

गोरखापत्र दैनिकमा प्रकाशित समाचार ।

Ad