
बैंकिङ खबर । बिभिन्न बैंक वित्तहरुमा रोजगारीको लागि सूचनाहरु प्रकाशित भएका छन् ।
नेपाल राष्ट्र बैंकमा कर्मचारीको माग गरीएको छ । बैंकले असिस्टेन्ट डीरेक्टर तथा असिस्टेन्टहरुको माग गरेको हो । यी सबै पदहरूको लिखित परीक्षा लोक सेवा आयोगबाट लिइने र परीक्षा केन्द्र काठमाडौं उपत्यका भित्र रहने केन्द्रीय बैंकले जनाएको छ । यस्तै, दरखास्त फाराम भर्दा कुनै समस्या आएमा कार्यालय समयभित्र कार्यालयको Direct Telephone Line: 014441036 वा एक्सटेन्सन लाईन रहेका नम्बरहरु 014419804-07 बाट एक्सटेन्सन नम्बर १३८ वा १४६ मा सम्पर्क गर्न सकिने समेत बैंकले उल्लेख गरेको छ ।
हेर्नुहोस् सूचना :

यता, युनाइटेड फाइनान्सले पनि रोजगारी खुलाएको छ । फाइनान्सले केही संख्यामा असिस्टेन्ट म्यानेजर, डेपुटी म्यानेजर, जुनियर अफीसर, अफीसर, सिनियर अफीसर, असिस्टेन्ट, सिनियर असिस्टेन्ट, जुनियर असिस्टेन्ट लगायतका पदमा रोजगारी खुलाएको हो । इच्छुक आवेदकले पुष १९ गतेसम्म आवेदन दिन सक्नेछन् ।

समृद्धि फाइनान्समा कर्मचारीको माग भएको छ । संस्थाले काठमाडौं कार्य क्षेत्रका लागि केही बिजनेस डेभलपमेन्ट अफिसर माग गरेको हो । इच्छुक उम्मेदवारले पुस १३ गते भित्र आफ्नो व्यक्तिगत विवरण, पासपोर्ट साइजको फोटो, शैक्षिक प्रमाणपत्र पठाउनुपर्ने जनाएको छ ।

मिर्मिरे लघुवित्तले रोजगारीको लागि कर्मचारीहरुको माग गरेको छ । संस्थाले प्रबन्धक, सहायक, वरीष्ठ सहायक, सुपरभाइजर, कनिष्ठ सहायक जस्ता पदमा रोजगारीकोको लागि आवेदन खुलाएको हो । ईच्छुक तथा योग्यता पुगेकाले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्नेछ ।
हेर्नुहोस् सूचना

साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । उक्त संस्थाले वरिष्ठ अधिकृत (सिए) र अधिकृत तृतीय श्रेणीका लागि करारमा कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।

ग्लोबल आइएमई लघुवित्तले विभिन्न पदमा रोजगारी खुलाएको छ । लघुवित्तले शाखा प्रबन्धक, वरीष्ठ सहायक, कनिष्ठ सहायक, जे.टि.ए., कनिष्ठ सहायक, जुनियर प्रशिक्षार्थीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकले विज्ञापन प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिइसक्नुपर्ने संस्थाले जनाएको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडमा रोजगारी खुलेको छ । उक्त संस्थाले वरिष्ठ अधिकृत, अधिकृत तृतीय श्रेणीका लागि कर्मचारीको माग गरेको हो । ईच्छुक तथा योग्यता पुगेका नेपाली नागरिकहरूले सूचना प्रकाशित मितिले १५ दिन भित्रमा आवेदन दिन सक्ने संस्थाले जनाएको छ ।
