
बैंकिङ खबर । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला ८ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९४ हजार ३०० सय र तेजाबी सुनको मूल्य ९३ हजार ८५० कायम रहेको छ ।
यस्तै, आज पनि चाँदीको मूल्य बढेको छ । चाँदी आज प्रतितोला २५ रुपैयाँले बढ्दै १ हजार २८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।