Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
नेपाल राष्ट्र बैंक

निक्षेपको ब्याजअन्तर ५ प्रतिशत

२०७७ पुष २ गते

बैंकिङ खबर । बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेप र साधारण बचतको ब्याज अन्तर ५ प्रतिशत विन्दुभन्दा कम बनाउन नपाइने भएको छ । ‘कल निक्षेपबाहेकका ब्याज प्रदान गरिने निक्षेप खाताहरूमा दिइने अधिकतम र न्यूनतम ब्याजदरबीचको अन्तर ५ प्रतिशत विन्दुभन्दा बढीले फरक पार्न पाइने छैन,’ निर्देशनमा भनिएको छ । तर, सामाजिक सुरक्षा भत्तावापतको रकम मात्र जम्मा हुने व्यक्तिगत निक्षेप खाता तथा अक्षयकोष वापतको रकम मुद्दती निक्षेपको रुपमा स्वीकार गर्दा बैंक तथा वित्तीय संस्था र ग्राहक बीचको आपसी सहमतिमा माथि उल्लेखित ब्याजदर भन्दा बढी हुने गरी ब्याजदर कायम गर्न यो व्यवस्थाले बाधा पु¥याएको मानिने छैन ।
निर्देशन अनुसार, प्रत्यक्ष रुपमा विपन्न वर्गमा प्रवाह गरिने कर्जाको हकमा आधारदरभन्दा कम ब्याजदरमा समेत कर्जा प्रवाह गर्न यस ब्यवस्थाले बाधा पु¥याएको मानिने छैन । साथै, यस अघि अप्रत्यक्ष रुपमा विपन्न वर्गमाप्रवाह गरिएको कर्जाको हकमाआधार दरभन्दाकम नहुने गरी २०७८ आषाढ सम्म ब्याजदर नियमित गर्नुपर्नेछ ।
बैंक तथा वित्तीय संस्थाले मुद्दती निक्षेपमा धेरै र अन्य बचतमा कम ब्याज दिन लागेपछि केन्द्रीय बैंकले बुधबार निर्देशन जारी गर्दै सीमा तोकेको हो ।

Ad