Banking Khabar
ट्रेन्डिङ: वित्तीय अपराध जेन्जी पुस्ता अन्तर्राष्ट्रिय बैंकिङ भारतीय बैंकिङ हाइलाइट राष्ट्र बंक बैंक-वित्त इन्स्योरेन्स
मुख्य

अधिविकर्ष कर्जाको सीमा ५० लाख

२०७७ पुष २ गते

बैंकिङ खबर । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट प्रयोजन नखुलेका कुल व्यक्तिगत अधिविकर्ष कर्जा अधिकतम प्रतिव्यक्ति ५० लाख रुपियाँसम्म मात्र प्रवाह गर्न सकिने जनाएको छ । यस्तो कर्जा प्रवाह गर्दा कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाले कर्जा प्रवाह गर्दाका बखत उक्त सीमा ननाघेको यकिन गरेर मात्र कर्जा प्रवाह गर्नु पर्नेछ । यसअघि बहुबैंकिङ कारोबार गरी उक्त सीमाभन्दा बढी कर्जा लिएका ऋणीहरुले २०७८ असार मसान्तसम्म कुल व्यक्तिगत अधिविकर्ष कर्जा रु. ५० लाखसम्म कायम गर्नु पर्ने केन्द्रीय बैंकको भनाई छ । यस्तै, तोकिएको सीमा नाघी कर्जा प्रवाह गरेमा बैंक तथा वित्तीय संस्थाले उक्त कर्जामा शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्ने उल्लेख गरेको छ । (उदाहरणको लागि कुनै एक व्यक्तिले कुनै एक बैंक वा वित्तीय संस्थाबाट रु. २० लाख व्यक्तिगत अधिविकर्ष कर्जा लिएमा सोहि वा अन्य कुनै बैंक वा वित्तीय संस्थाबाट थप रु. ३० लाखसम्म मात्र व्यक्तिगत अधिविकर्ष कर्जा लिन पाइने छ ।)

Ad